बनेपा, आजदेखि शुरु हुने नेकपा एमाले काभ्रेको ११औं जिल्ला अधिबेशनको तयारी पुरा भएको छ । प्रतिनिधी ब्यवस्थापन, प्रतिवेदन लेखन, स्वयंसेवक परिचालनलगायत सबै तयारी सकिएको जिल्ला सचिव राजन भुर्तेलले जानकारी दिएका छन ।
अधिबेशनको उद्घाटन धुलिखेलको बेचिङ प्लान्टमा आज सोमबार दिउसो नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । हिजो आईतबार बसेको सचिवालय बैठकले छनौट भएका प्रतिनिधीहरुको अनुमोदन गर्दै विद्यानत मनोनित गर्न पाउने प्रतिनिधीहरुको छनौट गर्ने जिम्मा अध्यक्षलाई दिएको थियो । छनौट गरिएका प्रतिनिधीहरुलाई प्रदेश कमिटीले अनुमोदन गरे पछि मात्रै बन्द सत्रमा भाग लिन पाउने ब्यवस्था छ । १ सय ३५ वडा र जनबर्गिय संगठनबाट छनौट भएका प्रतिनिधीहरुका आधारमा मनोनित समेत गरी ६ सय ९० प्रतिनिधीहरु सहभागि हुने एमाले काभ्रेले जानकारी दिएको छ ।
२०८१ जेठ २८ देखि ३० सम्म धुलिखेलमा हुने अधिबेशनमा सहभागि हुन विभिन्न क्षेत्रबाट सर्वसाधारण तथा पार्टी नेता कार्यकर्ताहरुलाई आमन्त्रण गरिएको छ । खुल्ला सत्र सकिए लगत्तै बन्द सत्र धुलिखेल नगरपालिकाको सभा हलमा आयोजना हुनेछ । बन्द सत्रमा प्रस्तुत गर्ने नमुना काभ्रे, सम्वृद्ध काभ्रेलीको परिकल्पनालाई साकार पार्न थप योजना निर्माण गर्ने महत्वपूर्ण अवसरलाई तल्ला कमिटीहरु समक्ष पु¥याउन निर्देशनात्मक मन्तब्य हुनेछ ।
जसका लागि पार्टी अध्यक्ष अशोक व्याञ्जूको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, उपाध्यक्ष चन्द्र लामाको संयोजकत्वमा आर्थिक ब्यवस्थापन समिति, सचिव राजन भुर्तेलको संयोजकत्वमा प्रतिनिधी ब्यवस्थापन समिति, उपसचिव राजकुमार सापकोटाको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति गठन गरेको थियो । अधिवेशनको लागी मञ्च र खाना ब्यवस्थापनको संयोजन पार्टी धुलिखेल नगर कमिटीले गरेको छ ।