नेकपा एमाले काभ्रेको गौरवमय इतिहास छ । निकै लामो पार्टी राजनीतिको दौरानमा नेकपा एमाले जस्तोसुकै कठिन परिस्थितिमा पनि जिल्लामा उच्च जनमतका साथ अगाडी वढिरहेको छ । चाहे त्यो चरम अवसरवादको समयमा होस् या दक्षिणपन्थी अराजकतावादकै समय किन नहोस्, एमाले काभ्रेले आफ्नो गौरव गाथामा कुनै कमी आउन दिएको छैन । टुटफुट र चौतर्फी घेराबन्दी सहितको आक्रमणमा समेत कहिल्यै जनमतमा पछि नपरेको नेकपा एमाले काभ्रेको भौरवगाथा कसैले भुल्न सक्दैन ।
धेरै अगाडीको कुरा नजोडी निवर्तमान सन्दर्भमामात्र जोडिने हो भनेपनि नेकपा एमाले काभ्रे जिल्लाको दशौं अधिवेशनबाट अशोक व्यञ्जुलाई निर्विरोध अध्यक्ष चयन गर्दा अन्य पदाधिकारी र अधिकांश सदस्यहरु निर्वाचनबाट आएका थिए । विद्युतीय मेसिनबाट मतदान गरेको थियो । त्यतिखेरै जिल्ला अधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने काभ्रे एकमात्र जिल्ला भएको बताइएको थियो । अध्यक्षमा अशोक व्यञ्जु र उप–सचिवमा माओवादीबाट एकता प्रक्रियामा जोडिएकी रिता ढकाललाई सर्वसम्मत बनाइएको थियो ।
निर्वाचनबाट उपाध्यक्षमा चन्द्र लामा निर्वाचित भएका थिए । त्यस्तै सचिवमा राजन भुर्तेल र अर्को एक उप–सचिवमा राजकुमार सापकोटाले गोला प्रथाबाट बिजय प्राप्त गरेका थिए । अध्यक्ष व्यञ्जु धुलिखेल नगरपालिकाका मेयर तथा नगरपालिका संघका पूर्व अध्यक्ष पनि हुन् । उनी तत्कालीन नेकपा विभाजनपछि अध्यक्ष र सचिव प्रचण्ड माधव पक्षमा लागेका बेला केपी ओली पक्षबाट अध्यक्ष बनेका थिए ।
१० बुँदे सहमतिपछि पनि तत्कालीन एमालेका अध्यक्ष टोकवहादुर वाइबा नेकपा एसतर्फ लागेपछि व्याञ्जुकै नेतृत्वमा अधिवेशन भएको थियो । तत्कालिन जिल्ला इन्चार्ज गोकुल प्रसाद बाँस्कोटाको पहलमा नेकपा एकता प्रक्रियासँगै एमालेमा रहेका २५ जना पूर्व माओवादी नेताहरु र«य प्रजातन्त्र पार्टीका केहि नेता तथा कार्यकर्ताहरुलाई निर्विरोध जिल्ला कमिटी सदस्य चयन गराएर साबिक एमालेहरु बीचमात्र चुनाव गराइएको थियो । १०५ सदस्यीय जिल्ला कमिटीमा उप–सचिवसहित २६ जना पूर्व माओवादीको प्रतिनिधित्व भएको थियो ।
त्यस्तो ऐतिहासिक बिरासत बोकेको नेकपा एमाले काभ्रेले २०८० साल जेठ २८, २९ र ३० गतेको लागि जिल्ला अधिवेशनको तय गरिसकेको छ । त्यतिमात्र नभएर गत १८ गते जिल्लाभरका १३५ वडा र १९ गते विभिन्न जनसंगठन, वुद्धिजिवी परिषद् र सल्लाहकार परिषद्ले प्रतिनिधि चयनको काम टुंगाइसकेसंगै जिल्लभर अधिवेशनको माहोल तातेको छ ।
अध्यक्षको लागि एकातर्फ सचिव राजन भूर्तेल र अर्कोतर्फ उपाध्यक्ष चन्द्र लामाको चर्चा जिल्लाका १३ पालिका र १३५ वडा संगठनहरुमा चल्न थालेको छ । दुबै अध्यक्षका प्रत्यासी भनिएका नेताहरु नमोवुद्ध नगरपालिकाका रहेकाछन् । हिजोको सचिव र उपाध्यक्ष त्योपनि एउटै पालिकाबाट प्रमुख पदको आकांक्षी बनिरहँदा केन्द्रिय नेतृत्वको पहलमा सर्वसम्मत नेतृत्व चयन हुन्छ भन्नेमा विश्वस्त रहेको पाउन सकिन्छ । त्यतिमात्र नभएर नेतृत्वले कतै एक कदम अगाडी त कतै एक कदम पछाडी फर्केर र फर्काएर भएपनि नेकपा एमाले काभ्रेले सर्वसम्मत नेतृत्व चयन गर्ने गराउनेमा पार्टीका नेता तथा कार्यकर्ताहरुको उच्च विश्वास रहेको देख्न सकिन्छ । त्यसो हुन सकेमात्र नेकपा एमाले काभ्रेको इतिहास थप सुनौलो बन्न सक्छ ।
समय सन्दर्भको हिसाबले केन्द्रित हुनु पर्दा नेकपा एमाले काभ्रेको यस पटकको जिल्ला अधिवेशनको छुड्ढै खालको महत्व रहेको छ । कार्यकालको हिसाबले ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला नेतृत्व र निकट भविष्यमै हुने १३ स्थानीय तह र १३५ वडा तहको अधिवेशनहरुबाट निर्वाचित नेतृत्व नै भोलीको लागि २०८४ को सबै तहको निर्वाचन हाक्ने नेतृत्व बन्नेछ । त्यसैले नेकपा एमाले काभ्रेको ११ औं जिल्ला अधिवेशनलाई समान्य ढंगले हेर्न मिल्दैन । यसको लागि नेतृत्वको आँखा दूरदर्शी र कार्यकर्ताको आँखा भविष्यदर्शी बन्न सकनु पर्दछ ।
अधिवेशनलाई गुट उप–गुटको रुपमा नभई, एकता र मिशन ८४ केनिद्रत बनाउनु पर्दछ । जसले काभ्रेमा नेकपा एमाले र एमाले नेतृत्वको शक्ता स्थापित गर्न टेवा पु¥याउने छ । आजको परिपक्क र दूरदर्शी नेतृत्वको कारण ८४ मा जनमुखी मिठो फल प्राप्त गर्न सकिनेछ । त्यसको लागि आजैबाट सबै लागौं र सर्वसम्मत नेतृत्व चयनमा ध्यान दिऔं । –(लेखक नेकपा एमाले काभ्रे जिल्ला कमिटी सदस्य हुन्)