नाला, द्धारपालेश्वर साना किसान कृषि सहकारी संस्था लिमिटेडले सहकारीमा आबद्ध कोपिला शैक्षिक बालबचतकर्ताहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
संस्थाका अध्यक्ष रमेशजगं मंग्रातीले सहकारीले प्रत्येक वर्ष बाल सदस्यहरुलाई शैक्षिक सामग्रीहरु वितरण गर्दै आएको बताए । संस्थाले बाल सदस्यहरु सगै सदस्यहरलाई कृषि सामग्री समेत वितरण गरेको छ ।
ट्रयाक्टर, चापकट, स्प्रे पम्प लगाएत विभिन्न कृषि सामग्री वितरण गरिएको संस्थाले जनाएको छ । संस्थाले सदस्यहरुका लागी कृषि ब्यबसायीहरुलाई सहज रुपमा ऋण सुविधा, सामाजिक सुरक्षा राहतको ब्यबस्था, सुत्केरी भत्ता, कृषक उपचार खर्च, शैक्षिक सामाग्री वितरण, १ लाख सम्मको दुर्घटना विमा, मल, बीउ, विजन, पशुपन्छी र कृषि उपकरणमा अनुदान सहुलियत मुल्यमा वितरण, कृषि सम्बन्धी तालिम लगाएतका विभिन्न सेवा सुविधा प्रदान गर्दे आएको संस्थाका अध्यक्ष मग्रातीले जनाकारी दिए ।

संगै द्धारपालेश्वर साना किसान कृषि सहकारी संस्था ७ औं बर्षमा प्रबेश गरेको छ । बनेपाको नाला ४ मा रहेको उक्त सहकारी संस्था जेठ १७ गते ६ औ बर्ष पुरा गरी ७ औं बर्षमा प्रबेश गरेको हो । संस्थाका अध्यक्ष रमेश जंग मग्रातीले संचालनको छोटो अवधिमै अग्रणी कृषि सहकारी संस्थाको रुपमा स्थापित हुन निरन्तर सहयोग गर्ने शेयर सदस्य, सञ्चालक समिति, सल्लाहकार तथा सम्पूर्ण समिति, उप–समिति र कर्मचारी तथा शुभचिन्तक प्रति धन्यवाद व्यक्त गरेका छन् ।