ज्ञानोदय आधारभुत स्कुल ,पाँचखाल ( २, ज्यामिरकोटमा शैक्षिक शत्र २०८१ को लागि शिशु कक्षामा पढ्ने विद्यार्थीहरुका लागि निशुल्क रुपमा अङ्ग्रेजी माध्यमका पुस्तक वितरण गरियो ।

पुस्तक वितरण कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका सदस्य सोकनथ गौतम अन्य समसदस्यहरु जुनु तामाङ, छायाँ तामाङ, चमेली गौतम, मंगल तामाङ , शिक्षक प्रतिनिधि पत्न बहादुर तामाङ र सदस्य सचीव एवं विद्यालयका प्र।अ मेघनाथ अधिकारी, विद्यालयका शिक्षक शिक्षिकाहरु, स्थानिय बुद्धिजीवी, पूर्व व्यवस्थापन समितिका पदाधिकारीहरुको बाक्लो उपथिति रहेको थियो।

विद्यालयमा गत वर्ष विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालबाट रु २५ हजार राखी शुरु गरिएको थियो । त्यसमा करिब १ लाख २५ हजार उठ्ने प्रतिबद्धता भएको थियो । अध्यक्ष दाहालकै पहलमै करिब १ लाख बराबरको साइन्स ल्याबका सामग्री उपलब्ध भएको थियो भने विद्यालयका सबै विद्यार्थीलाई निशुल्क ट्रयाक सुट बितरण गर्ने पहल भइरहेको र यो बितरित पुस्तक पनि अध्यक्ष दाहालकै पहलमा शिशु कक्षामा पढ्ने विद्यार्थीहरुलाई निस्शुल्क वितरण गरेको कुरा विद्यालयका प्र। अ। मेघनाथ अधिकारीले जानकारी गराए ।

विद्यालयमा प्रदेश सरकारको सहयोगमा विद्यालयलाई आवश्यक शैक्षिक सामग्री एवं अन्य कुरा खरिदका लागि अनुदान परेकोले विद्यालयमा अब सबै आवश्यक कुराको सुविधा हुने हुँदा सबै स्थानीय एवं वरपरका अभिभावकलाई निर्धक्क ढुक्कसँग गुणस्तरीय शिक्षा प्राप्तिका आफ्ना नानीबाबु भर्ना गर्नको लागि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले आव्हान गरेका छन् ।