धुलिखेल, धुलिखेल–८, बडालगाउँमा जनचेतना युवा समूहद्धारा आयोजित श्रीमद भागवद धनधान्याञ्चल महायज्ञबाट ६० लाख ४६ हजार ४ सय ७२ रकम संकलन भएको छ । पण्डितहरु रामहरी बडाल, विष्णुहरी बडाल, सुदर्शन बडालले श्रीमद् भागवद महायज्ञमा भक्तजनहरुलाई कथा बाचनबाट ज्ञान बाड्नुभएको थियो ।
महायज्ञ भब्य र सभ्य रुपमा सम्पन्न भएको संस्थाका संस्थापक अध्यक्ष उद्धव प्रसाद बडालले बताउनुभयो । बहल्टारेश्वर महादेव मन्दिर निर्माणर्थ आयोजित श्रीमद भागवदमा उल्लेखनीय सहभागीता जनाई भक्तजनहरुबाट आर्थिक रकम संकलन भएकाले मन्दिर मात्र नभई धर्म, सँस्कृती र संस्कारलाई संरक्षण, संर्वद्धन गर्न धार्मिक आध्यात्मिक अध्ययन प्रतिष्ठान सेवा केन्द्र स्थापना गर्न पे्ररणा मिलेको आचार्य पण्डित सुदर्शन बडालले बताउनुभयो ।
समापन समारोहमा बोल्दै काभे्र प्रतिनिधसभा क्षेत्र नं २ का सांसद एवं पूर्व सूचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले धर्म, सामाजिक अभियानले नागरिकहरुमा जीवन र जगत बुझ्ने , नैतिक आचरण सकारात्मक विचारको उत्पादन हुने बताउनुभयो । समारोहमा पूर्वमन्त्री रेशम लामा, बागमती प्रदेश पूर्व मन्त्री चन्द्र लामा लगायतको आतिथ्यता रहेको थियो । चैत्र २७ —२४ गते सञ्चालन समारोहको प्रमुख अतिथिको रुपमा धुलिखेल नगरपालिका नगर प्रमुख अशोक व्याञ्जु हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै यो बिराट श्रीमाद् भागवत महायज्ञले सामाजिक जागरण एकतामा जोड्न सकेकाले विकास र समृद्धिको यात्रामा जोड्न सामाजिक एकताले सम्भव हुने नगर प्रमुख व्यञ्जुले बताउनुभयो । नगरपालिकाले मन्दिर निर्माणका लागि २० लाख उपलब्ध गराउने नगर प्रमुख व्यञ्जुले बताउनुभयो ।
त्यसैगरी धुलिखेल नगरपालिका वडा नं ८ अध्यक्ष विनोद गौतमले श्रीमद भागवदले समाज एकतामा सहयोग पुगेको र वडाले गर्नुपर्ने विकास निर्माणको दायित्व पूरा गर्न आफू कटिवद्ध भएको उल्लेख गर्दै बहल्टारेश्वर मन्दिर निर्माण गर्न १० लाख उपलब्ध गराउने घोषणा गर्नुभयो । उक्त मन्दिर निर्माणका लागि स्थानीय दानविर तीर्थप्रसाद बडाल गोपालले ३ आना जग्गा उपलब्ध गराउने घोषणा गर्नुभयो ।
श्रीमतद् भगवद मुल आयोजक समितिमा संयोजक एवं जनचेतना युवा समूहका अध्यक्ष रमेश प्रसाद न्यौपानेले श्रीमद् भागवदमा ६० लाख ४ हजार ४सय ७२ आर्थिक सहयोग प्राप्त हुनु, सामाजिक एकताको सन्देश दिएको बताउँदै अहिले सम्मकै अभूतपूर्व उपस्थितीले यस भेगको समग्र विकासमा सबैको सकारात्मक चिन्तनले अग्रगतिमा जाने बताउनुभयो । समापन समारोहमा जनचेतना युवा समूहका पूर्व अध्यक्ष साधुराम बडाल लगायत भक्तजनहरुको उपस्थिती रहेको थियो ।