रोशी गा पा ३, का विद्यार्थीहरुले आफुले सिकेका महत्वपुर्ण सिकाई क्रियाकलापहरु शैक्षिक मेला मार्फत सरोकारवालाहरु माझ प्रस्तुत गरेका छन् ।
WISE-MGMLकार्यक्रम अन्तर्गत साझेदार विद्यालय श्री सरस्वती प्रा. वि. रोशी गा पा ३, भदौरे काभ्रेका विद्यार्थीहरु आफुले सिकेका महत्वपुर्ण सिकाई क्रियाकलापहरु शैक्षिक मेला मार्फत सरोकारवालाहरु माझ प्रस्तुत गरेका हुन् ।
उक्त शैक्षिक प्रदर्शनी मेलाको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा रोशी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइबा, वडा अध्यक्ष धनजित लामा, शैक्षिक शसक्तिकरण केन्द्र काभ्रेका राजेन्द्र श्रेष्ठ, सामुदायिक मेलमिलाप केन्द्र काभ्रेकी अध्यक्ष बबिता बोहरा, कार्यपालिका सदस्य सीता लामा लगायत करिब २८० जना शिक्षा सरोकारवाला तथा अभिभाबकहरु द्वारा अवलोकन गरिएको विद्यालयका प्रधानाध्यापक रामहरी रायमाझीले बताउनुभयो । कार्यक्रममा ४० वटा स्टल रहेको उत्कृष्ट मेलाको समापन विव्यस अध्यक्ष कृष्ण बलले गर्नुभएको थियो ।









