रोशी, काभ्रे जिल्लाको रोशीगाउँपालिका वडा नं. १० मा अवस्थितहायु समुदायलाई विशेष सामग्री हस्तान्तरण गरेको छ । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले हायु समुदायको सांस्कृतिक सामग्री हायु समुदायलाई हस्तान्तरण गरेकाहुन् ।
शुक्रबार हायु समुदायले विभिन्न कार्यमा प्रयोग गर्ने सांस्कृतिक सामग्री ढोल दुई थान, झ्याम्टा २ जोर, खोडा २ जोर, धनुस र तीर २ जोर, घण्टा एक जोर, पुजारी पोषाक एक सेट र महिला र पुरुष हायु पोषाक गहना सहित १० सेट हस्तान्तरण गरेकाहुन् । दुईलाख बराबरको सामग्री हस्तान्तरण गरेकाहुन् ।
भूमेस्थान हायु समाजको आयोजना तथा रोशी गाउँपालिकाको सहयोगमा सामग्री हस्तान्तरण गर्दै रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जिल्लाको एक मात्र स्थान वाल्टीङमा भएको हायु समुदायको संरक्षणको लागि गाउँपालिकाले सहयोग गरिरहेको र गरिरहने बताए । हायु समुदायको संस्कृति राज्यको सम्पती भएकाले सम्पतीको संरक्षण र संवर्धन राज्यले गर्नुपर्ने भएकाले स्थानीय सरकारले त्यो दायित्व पूरा गरीरहेको लामाले बताए । ‘हाम्रो समाज विविधतायुक्त छ । चाहे जातीय रुपमा होस, चाहे भाषिक रुपमाहोस र चाहे सांस्कृतिक रुपमा विविधतापूर्ण छ तै पनि हामी एकताबद्ध भएर बसेका छौँ ।’ लामाले भने, ‘यो विविधतायुक्त नेपाली समाजको भाषा, धर्म, संस्कार, संस्कृतिहामी सबैको सम्पतीहो । राज्यको सम्पती हो । यसलाई हामी सबै मिलेर संरक्षण गर्नुपर्छ ।’
हायु एकता समाजका केन्द्रिय अध्यक्ष लक्ष्मण हायुले हायु समुदायको अभिभावक भनेको सरकार हो र त्यो अनुभुति रोशी गाउँपालिकाले दिलाएको बताए । बिकासको सूचांकको हिसाबले हायु समुदाय पछाडी परेको र यस समुदायलाई उठाउँन राज्यले सहयोग गर्नुपर्ने उनले बताए । हायु समुदायको आफ्नै भाषा, लिपी र संस्कृति रहेको उनले बताएका छन् । तीचिजहरू लोप हुदै गएकोले हायु समुदायको भाषा, धर्म, संस्कार संस्कृतिको संरक्षण राज्यले गर्नुपर्ने उनको भनाई छ ।
रोशी–१०का वडाध्यक्ष विकेन लामाले हायु समुदायको बिकासको लागि वडाले सकेको वडाले र नसकेको गाउँपालिकाले सहयोग गर्ने बताए । अब हायु समुदायले आफ्नो भाषा पनि सिक्नुपर्ने उनको भनाई छ । हायु भाषा सिक्नको लागि पहलगर्न अनुरोध गरे । भुमेस्थान हायु समाजका अध्यक्ष आरती हायुको सभापतित्वमा भएको कार्यक्रममा पूर्व वडाध्यक्ष दुधराज घलान, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा मगर, हायु एकता समाजका सचिव सुजन हायु, वडा सचिव सुरेश योञ्जन, भुमेस्थान हायु समाजका पूर्व अध्यक्ष दुधराज हायु लगायतले हायु समाजलाई राज्यको मूलधारमा ल्याउन सबैले सहयोग गर्नुपर्ने बताए । हायु समुदायका लागि रोशीगाउँपालिकाले गरेको सहयोगप्रति खुसीव्यक्त गरे ।
विमलाहायुले सञ्चालन गरेको कार्यक्रममा सुस्मिता हायुले स्वागत मन्तव्य राखेका थिए । सामग्री पाएपछि हायुहरू खुसीले ढोल, झ्याम्टा र घण्टी बजाएर नाचेका थिए । रोशीगाउँपालिका वडा नं. १० वाल्टिङमा ११ घर धुरी लोपोन्मुख हायु समुदाय बस्दै आएका छन् । काभ्रेमा हायु समुदायको जनसंख्या करिब ८५ जना रहेका छन् ।








