नेपाल डेरी एसोसिएसनको आयोजना एवं उद्योग वाणिज्य महासंघ अन्तर कृषि उद्यम केन्द्रको सहयोगमा हाल नेपालमा देखिएको दुग्ध क्षेत्रको समसामयीक समस्याका बारेमा छलफल तथा निराकरणका उपायहरुको लागि सरोकारवाला निकायहरुको अन्तरक्रिया कार्यक्रममा केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालको सभापतित्वमा शनिबार काठमाडौमा सम्पन्न भएको छ ।

कार्यक्रममा राष्ट्रिय दुग्ध विकास वोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादव, सम्झना कुमारी काफ्ले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय सहसचीव, डा. रेशम ज्ञावाली पशुसेवा विभाग, सभापति, डि.बि बस्नेत कृषि उद्यम केन्द्र, डेरी विज्ञ नारायण श्रेष्ठ, अजवलाल यादव, सुवास ढकाल, विनोद गुप्ता, नारायण श्रेष्ठ, नेपाल एनिमल साइन्स एसोसिएसनका अध्यक्ष लोकनाथ ढकाल, नेपाल डेरी एसोसिएसनका संस्थापक अध्यक्ष राजेन्द्र गोपाल श्रेष्ठ, एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडिया, दुग्ध विकास संस्थान उपमहाप्रबन्धक राजेन्द्र अधिकारी, निर्यात व्यवसायी महासंघका उपाध्यक्ष दुर्गा विक्रम थापा, केन्द्रिय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा, पशुपालन तथा मत्स्य सहकारी संघका अध्यक्ष बाबुराम अधिकारी, डेरी साईन्स एसोसिएसनका अध्यक्ष शिवराम सिंह, एसोसिएसन अफ एग्रीकल्चरल जर्नलिस्टका अध्यक्ष किरण आचार्य, नेपाल डेरी एसोसिएसनका केन्द्रिय उपाध्यक्ष दिप प्रसाद धमला, मनोज कुमार घिमिरे, महासचिव हेमचन्द्र खनाल, सचिव शिवहरी आचार्य, सहकोषाध्यक्ष रामभक्त दाहाल, सहसचिव शिव भुषाल, एसोसिएसन काभ्रेका अध्यक्ष रबिन्द्र हुमागाई, सदस्यहरु रमेश सञ्जेल, रविशरण थापा, नवराज तिमल्सिना, शिव घिमिरे एवं बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरे, कोशी प्रदेशका गंगा खड्का, लुम्बिनीका थानेश्वर न्यौपाने, सुदुरपश्चिमका सचीव हर्क बहादुर चंद लगायतका पदाधिकारीहरु एवं डेरी उद्योगी, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अतिथिहरुबाट मन्त्रालयका सहसचिव सम्झना कुमारी काफ्लेले हाल भईरहेको समस्याको सबै मिलेर समाधान निकाल्न जोड दिनुभयो । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. यादवले दुग्ध क्षेत्रको समस्या हल गर्न हर तवरले लागेको र सरोकारवालाहरुसँग पटक पटक छलफल गरि समाधानको खोजी गरिरहेको बताउनुभयो । कृषि उद्यम केन्द्रका सभापति डिबि बस्नेतले डेरी क्षेत्रको विकास र यसमा आउने समस्याको बारेमा नेपाल डेरी एसोसिएसनले सधैं अगाडि नै रहेको र आज यस्तो महत्वपूर्ण कार्यक्रम राखी किसान र डेरी उद्योगका समस्याका बारेमा सबै सरोकारवालालाई भेला गराई सबैको भावना बुझी रिपोर्ट बनाई सम्बन्धित निकायमा बुझाउने भएकोले कृषि उद्यम केन्द्रले त्यो रिपोर्ट सम्बन्धित निकायमा समस्या हल गर्न पहल गर्ने बताउनुभयो । डेरी विज्ञ डा. नारायण श्रेष्ठले सरोकारवाला र मन्त्रालयले समाधानको खोजी गर्नुपर्ने बताउनुभयो । अर्का डेरी विज्ञ अजवलाल यादवले दुधको समस्या आउनुमा सरोकारवालाको नै कमजोरी रहेकोले यसमा सबै व्यवसायी एकसाथ मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । नासाका अध्यक्ष लोकनाथ ढकालले अन्तरक्रिया कार्यक्रमबाट कुनै न कुनै निचोडमा जाने र समाधान निस्कने कुरा बताउनुभयो । नेपाल डेरी एसोसिएसनका संस्थापक अध्यक्ष श्रेष्ठले हाल उद्योगीहरुको हालत खराव रहेको र त्यसको समस्याले गर्दा दुग्ध क्षेत्रका सबै स्थानमा परेको कुरा राख्नुभयो । निर्यात व्यवसायीको तर्फबाट उपाध्यक्ष थापाले हाल देशको परिस्थतिले समस्त निर्यातमा परेको समस्या हल गर्न लाग्ने कुरा ख्नुभयो । दुग्ध सहकारी एवं पशुपालन सहकारीका अध्यक्ष बाबुराम अधिकारीले हाल कच्चा दुध धेरै रहेको र उद्योगबाट किसानको भुक्तानी नभएकाले राज्य संयत्रबाट यसको पहल गरिदिन अनुरोध गर्नुभयो । साथै अनाजका अध्यक्ष किरण आचार्यले सम्पूर्ण कृषि क्षेत्रमा परेको समस्यामा दुग्ध क्षेत्रलाई समेत प्रतिकुल असर परेको र यसलाई निवारण गर्न सबै मिल्नुपर्ने कुरा राख्नुभयो । अन्त्यमा एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले हाल देशको अवस्था एवं दुग्ध क्षेत्रको समस्यालाई सबै मिलि समाधान गर्न अघि बढ्न अनुरोध गर्दै यसलाई सरकारले उद्योगी एवं किसानको हितमा काम गर्न कुनै न कुनै उपाय निकाल्नु पर्ने र नेपाल डेरी एसोसिएसन संधै किसान र उद्योगको हितमा रहने कुरा राख्दै उद्योगीहरुलाई परेको पिडालाई समेत सम्झेर सरकारले ध्यान दिन अनुरोध गरे ।
कार्यक्रममा आएका सबै किसिमका समाधानको एक रिपोर्ट तयार गरि सम्बन्धित सबै निकायमा बुझाउने एसोसिएसनका अध्यक्ष हेमचन्द्र खनालले बताए ।