व्यक्ति एक विशेषता अनेक भने झै वास्तवमै राजन खरेलको विशेषता अनेक रहेका छन् । उनि जुन क्षेत्रमा काम गर्छन त्यही क्षेत्रमा अब्बल बन्न रुचाउछन् । युवा अवस्थाका जल्दा बल्दा उनि हरेक क्षेत्रका व्यक्तिहरुसंग छिटै घुलमिल भैहाल्छन । यही विशेषताले गर्दा होला खरेलले सानै उमेरमा उल्लेखनीय उपलब्धि हासिल गरेका हुन्छन् । कर्मले उनी संञ्चार क्षेत्रमा भएपनि उनि हरेक क्षेत्रमा सकृृय देखिन्छन् । लेखन होस् या सम्पादन छायांकन होस् या निर्देशन सबै कुराको पूर्ण ज्ञान छ उनीमा, खरेल यतिमा मात्र सिमित छैनन् । विभिन्न संघ संस्था तथा बिभिन्न निकायसंग समेत आवद्ध रहेका छन् ।
कलिउड हव, लाइफ स्टाइल नेपाल डट कम, द लाइफ स्टाइल म्यागजिनको संचालक समेत रहेका खरेल संसारकै अग्लो स्थानमा म्युजिक भिडियो निर्माण गरि गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल भएका थिए । संचारकर्मी राजन खरेलले संसारको अग्लो स्थानमा निमार्ण गरेको ‘गोक्यो रि’ नामक म्युजिक भिडियोको अडियो रेकर्ड तथा भिडियो छायांकन गरि गिनिज बुकमा आफ्नो नाम लेखी नेपाललाई नै विश्वसामु चिनाउन सफल भएका थिए । उहाँको यस्तो उल्लेखनिय कामलाई नेपालमा मात्र नभई विश्व भरिनै प्रसंसा भएको थियो भने विभिन्न राष्ट्रिय पत्रपत्रिकाले समेत आफ्नो हेडलाइन बनाएका थिए । यस्तो उल्लेखनिय काम गरेका खरेललाई देश तथा विदेशबाट सम्मान तथा अभिनन्दन समेत गरिएको छ ।
काभ्रे जिल्लामा जन्मिएका राजन खरेल सानै उमेर देखि काठमाडौमा हुर्की काठमाण्डौलाई नै आफ्नो कर्मथलो बनायर काम गरिरहेका छन् । उनले आफ्नो शिक्षा अरुणिमा उच्च मा.वि बाट गरेका हुन् भने पढाई संग संगै आफ्नो कामलाई पनि अगाडी बढाउँदै आएका थिए । सानै उमेर देखि व्यावसाय र कला क्षेत्रलाई मन पराउने राजनले आफ्नो कर्मथलो पनि यसैलाई बनाएका छन् ।
२०७० सालबाट कला र व्यापार दुवै समायोजन हुनेगरि ‘‘स्माइल कला केन्द्र एण्ड फिट्नेस सेन्टर” खोलि आफ्नो कदम अगाडी बढाएका थिए । पछि पढाईले उनको कला यात्रा रोकिन पुग्यो समय संगै कला भन्दा व्यवसाय तर्फ अगाडी बढ्न थाले र बुटिक व्यवसाय गर्न लागे । उनि व्यवसाय मात्र सिमित नरही फेरी कला क्षेत्रलाई पनि अगाडी बढाउने हेतुले मिडिया सँग नजिक हुन थाले तर खेल्नु भन्दा पनि उनि प्राबिधिक हुन थाले ।
मिडिया एंड ईन्टरटेनमेन्ट प्रा.लि बाट छायांकन र सम्पादन सिकेर सोहि अनुरुप काम गर्दै आएका उनि एन. पि. एन. एजुकेशन अवार्ड (२०१७) नाट्यश्वर म्युजिक अवार्ड (२०१७ – २०२०) राष्ट्रिय समावेसी म्युजिक अवार्ड (२०१८–२०२०) सुन्दरादेवी सन्देश म्युजिक अवार्ड (२०१८–२०२०) पिम नेपाल फिल्म फेस्टिवल (२०१८–२०२१) डि. सिने अवार्ड (२०१८–२०१९) तीज म्युजिक अवार्ड (२०१९) सगरमाथा म्युजिक अवार्ड (२०१९) एपिक नेपाल म्युजिक अवार्ड (२०२०) नेफ्टा फिल्म अवार्ड २०१८, नेम्फा अमेरिका (२०१९) र एन.सी.आई.एफ. एफ. (२०१८–२०२२) लगायत थुपै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मेला–महोत्सव अवार्ड तथा विभिन्न कार्यक्रमको प्राविधिक संयोजकका रुपामा काम गरिसकेका छन् । त्यसै गरि केहि चलचित्र, म्युजिक भिडियो, सर्टमुभी, डकुमेन्ट्री लगायतमा छायांकन तथा सम्पादन समेत गरेका छन ।
एभेरेस्ट अनर अवार्ड दुर्गामाण्डु फिल्म लगायतबाट उत्कृष्ट सम्पादकको अवार्ड जित्न सफल भएका थिए । भने आफैले समेत अभिनय गरेको दुर्गामाण्डु बाट कला सम्मान–२०७३ मिडियाकर्मी सम्मान–२०७४ मैत्रिय सामाजिक ब्यक्तित्व सम्मान –२०७५ नाट्यश्वरी युवा प्रतिभा सम्मान –२०७५ जनचेतना सम्माजसेवी सम्मान – २०७७ हिमालयस शाहसिक कला समान– ०७८ प्राप्त गरिसकेका छन् । व्यावसायी तथा कलाकर्मी राजन खरेललाई गौरीशंकर च्छोरोल्पा मिडियाले खरेललाई बिश्व कृतिमानी सम्मान–२०७८ द्वारा सम्मान गरेको थियो । दुबईमा आयोजित एम एस एन एक्सिलेन्स अवार्डमा ईमारत मुलुकका व्यवसायी तथा समाजसेवी समेत रहेका शेख नासिर मुर्त्दाह बकर र गैर आवासीय संघ सस्थाले संयुक्त रुपमा युवा प्रतिभा सम्मान – २०२१ द्वारा अभिनन्दन गरेको थियो ।
खरेल पत्रकार महासंघ लगायत विभिन्न सामाजिक संघ संस्था तथा निकाय सँंग आवद्ध रहेका छन् । हालसम्म दर्जन भन्दा धेरै देश भ्रमण गरिसकेका उनले आधा नेपाल समेत घुमिसकेका छन् । नेपालको कला, संस्कृति परम्परा, क्षेत्र, वर्ग, समुदायको वृतचित्र निर्माण गरि पर्यटन प्रवद्र्धनमा समेत जोड दिएका थिए । कलिउड हवका संचालक समेत रहेका उनि द लाईफ स्टाईल नेपाल डट कम, द लाईफ स्टाईल म्यागेजिनका प्रकाशक समेत हुन् । उनि एस यि यि फेसन मोडल, फेस अफ कर्पोरेट ब्युटी प्याजेन्टका अध्यक्ष समेत रहेका छन् । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले खरेलसँग गरेको कुराकानी ः
० आजभोलि के मा ब्यस्त हुनुन्छ ?
आजभोलि बिशेष गरेर २÷३ वटा ब्युटी प्याजेन्ट त्यसै गरी २ वटा अवार्ड, एउटा अन्र्तराष्ट्रिय फिल्म फेस्टिभलको प्राविधिक संयोजनको काम भईरहेको छ । केहि विकास निर्माण सम्बन्धि वृतचित्र र व्यवसायिक बिज्ञापन समेत निर्माण गरिरहेको छु । साथै पत्रकारिता पनि आफ्नो चाहाना भएकाले द लाईफ स्टाईल डट कम र द लाईफ स्टाईल म्यागेजिन संचालन गरेको छु । अहिले आफ्नै कम्पनी कलिउड हवको आयोजनामा फेस अफ कर्पोरेट ब्युटी प्याजेन्ट र कर्पोरेट अनर अवार्डको तयारी गर्दै छु । फेरी कलिउड हव पोस्ट प्रोडक्सनको काम गर्ने कम्पनी र त्यसमा पनि स्वयम् आफु नै लेखन, छायांकन, सम्पादन, लगायतका काम गर्ने भएकाले आफ्नो र अरुको थुपै कामहरु हुन्छन समय तालिका बनाएरै काम गर्नु पर्ने भएकाले धेरै नै ब्यस्त हुने गरेको छु ।
० साहित्यमा कतिको रुचि रहेको छ ?
अहिले सम्म प्रकाशन तथा बजारमा ल्याएको त छैन तर लेख रचना गर्न धेरै मनपर्छ । परि, बैगुनी माया, किस्सा जिन्दगीको, संगम, क्रान्ति, शंका, जीवनको अर्थ, चमक, छाँया, दैव, मायाको फूल आदि गित रचना गरिसकेको छु । द लव – नेवर इन्ड, अ म्यान – जर्नी टु लाईफ, एक्टिभ टीम, अ फेमिली लव, द किङ्ग इज गड फिल्मको स्क्रिप्ट लेखन समेत गरिसकेका छु । त्यस्तै अ म्यान नोवल लेखिसकेको र म्याड र मोडुलेसन फुर्सद भएको बेला लेखिरहेको र बिस्तारै बजारमा पनि ल्याउने छु ।
० यस क्षेत्रमा बाट नै जीवन चलाउन सकिन्छ ?
मज्जाले सकिन्छ, मैले चलाइराखेको छु । कुनै पनि काम मन, बचन र कर्मले लगनसिल भएर गर्यो भने यो मात्र होइन जुन सुकै क्षेत्र बाट पनि राम्रै आम्दानी गर्न सकिन्छ । पहिलो कुरा भनेको हामी के गर्दै छौ र त्यो काममा आफ्नो ज्ञान÷क्षमता कस्तो छ त्यो बुझ््न जरुरि हुन्छ र त्यो अनुसार मेहनत पनि गर्नु पर्छ । मेरै बारेमा भन्नुपर्दा मेरो कामको लागि आवस्यक पर्ने कुरा प्राय म आफै गर्छु नजानेको सिक्छु एउटा सानो काम आफुले जानेन भने स्टाफ राखेर मात्र पनि हुन्न आफ्नो काम आफै गर्नु पर्छ । चाहे सानो होस् या ठुलो हामी नेपालीको समस्या भनेको सबै आफै मालिक बन्नुपर्ने, त्यसैले मालीक बन्ने सोच छोडेर आफुले गरेको कामलाई व्यवसायिकरण गर्न सक्यो भने सबै क्षेत्रबाट जीवन चलाउन सकिन्छ ।
इ भाबी योजना के रहेको छ ?
अब, योजना भनेको काम गर्दै गएपछि समय र त्यसको आवस्यकता अनुसार बन्दै जाने कुरा हो । अहिले तत्कालै त खासै योजना बनाएको छैन । तर २÷३ ओटा आफ्नै प्रोग्रामहरुलाई निरन्तरता दिन्छु । आफुले गरेका काम कसरी स्तरिय बनाउन सकिन्छ पहिलो प्राथमिकता रहेको छ । भोलिका दिनमा आफ्नो कृति तथा रचना प्रकाशन गर्नु छ र कलिउड हव द्वारा नेपाली चलचित्र क्षेत्र बिश्व बजारमा पुर्याउनु छ । नेपालमै अन्तराष्ट्रिय स्तरको फिल्म सिटि तथा प्रोडक्सन हव बनाउने योजना छ ।
० अन्त्यमा …………………….?
खासै कुरा त छैन, हामी जे काम गर्छौ त्यसलाई व्यवसायीकरण गर्न सक्नुपर्छ २०÷५० लाख खर्च गरेर अध्ययन तथा रोजगारीका लागि विदेश जान्छौं भने, त्यो रकम नेपाल मै उत्पादनशिल क्षेत्रमा लगाएमा आफु र आफ्नै देश सम्बृद बन्ने छ । साथै मेरो केही कुराहरु तपाईको लोक प्रिय मिडियामा राख्ने मौका दिनु भएकोमा तपाई लगाएत तपाईको मिडिया लाई धेरै धेरै धन्यवाद । –नव क्षितिज साप्ताहिकबाट








