धादिङ जिल्लामा जन्मनुभएको गायक रेशम कुमार विश्वकर्मा गाउँ घर मा छदा बाल्यकाल मा पनि स्वर अती सुन्दर भएको हुनाले, त्यो समय देखि गीत गाइरहन्थे । बोराङ्ग गाउँ – ७ मार्पाक गा.बि.स. धादिङ मा बुबा पितम बहादुर सुनार र आमा–पदम कुमारी सुनार को कोख बाट २०४०खसाल साउनमा जन्मिनु भएका गायक रेशम कुमार विश्वकर्मा अहिले चर्चित गायक तथा ऐरेन्जर भनेर चिनिने गरेको छन । विभिन्न क्षेत्रको गरि लाखौं भन्दा बढि संगीत लाई ऐरेन्ज गरि संगीत भरेको बताउनु भयो । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागी दिनेश भण्डारीले गरेको कुराकानी ः

० आज भोलि केमा व्यस्त हुनुहुन्छ ?
म गीत संगीत लाई ऐरेन्ज गरि रेकर्डिङ् पनि गर्ने भएकोले आज भोलि स्टुडियोमा गीत रेकर्डिङ साथै म्युजिक भिडियो बनाउने कार्य मा व्यस्त छु ।

० गीत संगीतको अलावा के गर्नु हुन्छ ?
गीत संगित घरायसी काम र मेरो एउटा सानो कम्प्युटर टेक्निसियन पनि छ यो सबै मिलाएर गर्छु म धेरै जस्तो यस्तै काम गर्छु ।

० गित संगितको यात्रा कसरी सुरु भयो ?
मलाई गीत संगीत सानै देखि धेरै मन पर्थ्यो र गीत संगित एउटा मनको इच्छा र चाहाना को रुपमा पनि थियो । स्कुले जीवन मा पनि म धेरै गीतहरु गाउँथे, यसकै शिलशिलामा जाँदै गर्दा पछी संगीतलाई नै व्यवसायीक रुपमा निरन्तरता दिँदै आएको छु ।

० तपाईलाई गीत संगीत कस्तो होस जस्तो लाग्छ ?
गीत संगित हरजनले बुझ्ने सुन्दा आनन्द आउने र गुनगुनाउन सक्ने सरल र हाम्रो गाउँ घरमा आफ्नो संस्कृति झल्किने हुनु पर्छ जस्तो लाग्छ ।

० गीत संगीत लाई आम्दानी को श्रोत बनाउन सकिन्छ ?
यसमै अलि निकट रहेर अभ्यास गरेर निरन्तरता दिइयो भने सकिन्छ केहि कलाकारले सक्नुभएको छ ।

० के कलाकारहरु गीत संगीत क्षेत्र बाट नै बाँच्न सक्छन् जस्तो लाग्छ तपाईंलाई ?
धेरै कलाकार साथीहरू यसैबाट आफ्नो जिवनयापन चलाई रहेका छ्न । एउटा आफ्नो राम्रो स्तरमा बनाई संगीतिक यात्रा तय गर्न सकियो भने यस बाट जिविकोपार्जन गर्न कठिन छैन ।

० नेपाली गीत संगीत क्षेत्रमा धैरै विकृती आएका छन् यसलाई कसरी लिनु भएको छ ?
गीत संगीतमा मात्र हैन जुन सुकै क्षेत्रमा पनि नकारात्मक र सकारात्मक पक्ष हुन्छन् तर गीत संगीत मिडियाको नजीक र मिडिया ले नै अगाडि ल्याउने भएको ले गर्दा यसमा नकारात्मक वा सकारात्मक कुरा हरु छिटो देखिन्छ । तर गीत संगीतहरुमा सकारात्मक कुरा हरुलाई बढी स्थान दिन पर्छ जस्तो लाग्छ यो एउटा हावा हुरि जस्तै लाग्छ मलाई! नराम्रो कुरालाइ स्रोता दर्शकले फिल्टर गरेर फालिदिन्छ्न् ।

० विशेष लाईभ दोहोरी मा आएको नकारात्मक शब्द संगितले हाम्रो समाजलाई कस्तो सन्देश जान्छ ?
गीत संगित भनेको हाम्रो वा हर श्रोता हरु को मस्तिष्कमा सरल र सहज रुपमा त्यसको भाव वा शब्द ले प्रभाव पार्ने माध्यम हो । त्यसैले पछिल्लो समय चल्तीमा आएको लाईभ दोहोरी त्यसमा पनि छाडा शब्द हरुको प्रयोग छ भने त्यो जति अपाच्य अर्थात विकृति अरू सायदै हुन्छ ।

० कसको प्रेरणाले गीत संगीत क्षेत्रमा लाग्नु भयो ?
मेरो निकट निकटका साथी भाई, स्कूल का गुरुहरू र घर गाउँका संघ संस्था र क्लबहरु अझ भन्ने हो भने प्रेरणा को श्रोत रेडियो नेपाल हो । किनकी, बाल्यकालमा गाउँमा छदा रेडियोमा बज्ने गितहरु सुन्दा म पनि एकदिन मेरो स्वर रेडियोबाट अरुलाई सुनाउँछु भन्ने ठुलो लक्ष्य जाग्दथ्यो, जसको फलस्वरूप आज म यो क्षेत्रमा छु ।

० यस क्षेत्रमा लाग्नको लागी तपाई लाई घर परिवार बाट कतिको साथ सहयोग मिलेको छ ?
यो क्षेत्रमा लाग्नको प्रेरणा मेरो परिवारको साथ र सहयोग हो । यदि प्राप्त गर्थिन भनें, म आज यो क्षेत्रमा हूने थिन । त्यसैले मेरो पछिको योजना पनि गीत संगीतलाई निरन्तरता र अहिले गरि रहेको कम्युटर टेक्निसियन मा नै लाग्ने र यसैलाई निरन्तरता दिने योजना छ ।

० तपाईं को सबै भन्दा चर्चा मा रहेको गीत कुन हो? कुन गीत बाट तपाईं गायक हो भनेर चिनिन सफल हुनु भया े?
मेरो र मेरो नाम संग जोडिएका गीतहरु त धेरै छन् तर मलाइ गायक हो भनेर चिनिने गीत (नौडाँडा पारी, किनकी, यो मेरो पहिलो र धेरै श्रोता बुन्दले मनपराई दिनुभएको गीत हा े।

० अन्त्यमा के भन्न चाहानु हुन्छ ?
सर्वप्रथम मेरो केहि छोटा मिठा साङ्गीतिक भनाईहरु राख्ने स्थान दिनु भएकोमा तपाइँ लगायत तपाईंको सम्पुर्ण मिडियाको साथिहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । आगामी दिनहरुमा पनि मेरो सिर्जनाहरुलाई माया गर्दै मेरो गायिका पनलाई के कस्तो लाग्छ त्यस्तै कमेन्ट गरि सल्लाह सुझाव दिइ गीत संगीतलाई माया गर्दिनु होला र कसैले पैसा खर्च गरेर तडक भडक मा निर्माण गरेका भाव हिन गीतलाई भन्दा बास्तबिक नेपाली गीत संगित र यो क्षेत्रमा मिहेनती, साधना गर्ने वास्तबिक कलाकार लाई सदा स्नेह गर्नु होला । –नव क्षितिज साप्ताहिकबाट