सेयर बजारमा गिरावट आउने क्रम सोमबार समेत निरन्तर रह्यो । ४९।३१ अंकले घटेको बजार १८८४।८१ बिन्दुमा झरेको छ । यो अघिल्लो पटकको ‘बुल’को सबैभन्दा उच्च बिन्दु १८८१ को नजिक हो । सोमबार नै सो बिन्दुभन्दा पनि तल झरेको बजार केही सम्हालिन खोजेपनि अन्तिममा ४९।३१ अंकले घटेको हो ।

सोमबार कुल २३० कम्पनीको ३६ हजार ४६४ वटा कारोबारबाट ६१ लाख ८६ हजार ९४१ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार सबै उपसमूहको मूल्य ओरालो लागेको छ ।

सबैभन्दा धेरै विकासका लगानीकर्ताले गुमाए । घट्दो बजारमा समेत आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको मूल्य ७२१।९० पुगेको छ । सीवाईसी नेपाल लघुवित्तको मूल्य ९।९८ प्रतिशतले बढेर ५००।३० रुपैयाँ पुगेको छ । ओरियन्टल होटेल्सको मूल्य ६ रुपैयाँ बढ्यो ।