स्थानीय तह अन्तर्गत वडा कार्यालयले देहाय वमोविजमका विषयमा सिफारिश वा प्रमाणित गर्ने र सेवा दिने छ ।
जसमा १. नाता प्रमाणित, २. नागरिकताको सिफारिश र ागरिकताको प्रतिलिपि लिनका लागि सिफारिश गर्ने । ३. बहाल करको लेखाजोखा सिफारिश गर्ने । ४. कोठा खोल्न रोहबरमा बस्ने । ५. मोही लगत कट्टा सिफारिश गर्ने । ६. घर जग्गा करको लेखाजोखा सिफारिश गर्ने । ७. जन्म मिति प्रमाणित गर्ने । ८. व्यापार व्यवसाय बन्द भएको वा संचालन नभएको वा ब्यापार व्यवसाय हुँदै नभएको सिफारिश गर्ने । ९. मिलापत्र कागज गराउने निवेदन दर्ता सिफारिश गर्ने ।
१०. विवाह प्रमाणित, अविवाहित प्रमाणित गर्ने । ११. निःशुल्क वा सशुल्क स्वास्थ्य उपचार सिफारिश गर्ने । १२. आफ्नो अधिकारक्षेत्रका विषयमा अंग्रेजी भाषामा सिफारिश तथा प्रमाणित गर्ने । १३. घर पाताल प्रमाणित गर्ने । १४. व्यक्तिगत विवरण प्रमाणित गर्ने । १५. पुर्जामा घरकायम गर्ने
सिफारिश गर्ने । १६. फरक, फरक नाम, थर, जन्म मिति सिफारिश र प्रमाणित÷दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारिश गर्ने । १७. नाम, थर, जन्म मिति संसोधनको सिफारिश गर्ने । १८. जग्गा धनीपुर्जा हराएको
सिफारिश गर्ने । १९. कागज र मन्जुरीनमा प्रमाणित गर्ने । २०. कित्ताकाट सिफारिश गर्ने । २१. संरक्षक प्रमाणित तथा संस्थागत र व्यक्तिगत संरक्षक
सिफारिश गर्ने । २२. जीवितसँगको नाता प्रमाणित गर्ने । २३. हकवाला वा हकदार प्रमाणित गर्ने । २४. नामसारी सिफारिश गर्ने । २५. जग्गाको हक सम्बन्धी सिफारिश (सार्वजनिक, ऐलानी तथा पर्ति जग्गा बाहेक) गर्ने । २६. मृतकसँगको नाता प्रमाणित, सर्जमिन, सिफारिश गर्ने । २७. उद्योग ठाउँसारी सिफारिश गर्ने । २८. जीवित रहेको सिफारिश गर्ने । २९. पूर्व प्राथमिक विद्यालय खोल्ने सिफारिश गर्ने । ३०. जग्गा मूल्यांकन सिफारिश
प्रमाणित गर्ने । ३१. विद्यालयको कक्षा बृद्धि सिफारिश गर्ने । ३२. पालन पोषण सिफारिश गर्ने । ३३. वैवाहिक अंगिकृत नागरिकता सिफारिश गर्ने । ३४. आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित–आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित गर्ने । ३५. विद्यालय ठाउँसारी सिफारिश
गर्ने । ३६. धारा तथा विद्युत जडान सिफारिश गर्ने । ३७. प्रचलित कानुन अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिश वा प्रमाणित गर्ने । –नव क्षितिज साप्ताहिकबाट








