बनेपा, स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा एमाले काभ्रेले चुनावी अभियानलाई तिव्रता दिएको छ । यस अघि १ सय ३५ वडा कमिटी अन्र्तगत ५ सय ५७ भन्दा बढी टोल कमिटी गठन गरिसकेको एमाले काभ्रेले हिजोसम्म १३ वटै पालिकामा स्थानीय निर्वाचन तयारी प्रशिक्षण सकाएको छ ।
हिजो नमोबुद्ध नगरपालिकामा निर्वाचन तयारी प्रशिक्षण कार्यक्रम सकाएको एमाले काभ्रेको आज जिल्ला कमिटीको बैठक आयोजना गरेको छ । बैठकले निर्वाचनका अन्य तयारी, जिम्मेवारी बाँडफाँड र उम्मेदवार छनौटको मापदण्डलगाएतका बिषयका छलफल गर्नेछ ।
शनिबार पाँचखाल र मण्डनदेउपुरमा पालिका स्तरको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । सबै पालिकाका कार्यक्रममा अन्य पार्टी छोडी एमाले प्रवेश गर्नेको लहर बढेको छ । शनिबार मण्डनदेउपुरको कार्यक्रममा पनि कांग्रेसलगाएतका दल छोडी दर्जनौ एमाले प्रवेश गरे । जसमा वडा नं. ६ का वडा सदस्य हरिकुमार राई र गणेश प्रसाद ढकाल, गुणराज ढकाल, शालिकराम ढकाल, दिनेश राई, जितेश श्रेष्ठ, बिनोद लामा, गणेश पराजुली लगाएत रहेका छन । नव प्रवेसीलाई एमाले पोलिटब्युरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज पूर्व मन्त्री गोकुल बाँस्कोटाले स्वागत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि बाँस्कोटा, प्रदेश कमिटीका सदस्य नारायण बानिया, जिल्ला कमिटी अध्यक्ष अशोक ब्याञ्जु, सचिव राजन भुर्तेल, उप सचिवद्वय राजकुमार सापकोटा र रिता ढकाल, जिल्ला सचिवालय सदस्यहरु बिदुर सापकोटा, रामशरण दाहाल जिल्ला सदस्य अम्बिका ठकुरी लगायतले सम्बोधन गरेका थिए ।
पालिका अध्यक्ष शेरबहादुर डोटेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव तुलशी नेपालले र सञ्चालन सह–सचिव सुमन नेपालले गरेका थिए ।
यस्तै एमाले बनेपा नगर स्तरीय स्थानिय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम नेकपा एमाले केन्द्रीय पोलिटिव्युरो सदस्य, काभ्रे ईन्चार्ज गोकुल बास्कोटाको प्रमुख आतिथ्य भएको थियो ।
कार्यक्रममा जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, उपाध्यक्ष चन्द्र लामा, सचिब राजन भुर्तेल, जिल्ला समन्वय प्रमुख उद्धब केसी, बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे, जिल्ला कमिटी सदस्य तथा नगर ईन्चार्ज हरिशरण दाहाल, जिल्ला कमिटी सदस्य रामशरण दाहाल, बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य राखेका थिए । स्वागत मन्तब्य उपाध्यक्ष नवराज मानन्धरले सभापतित्व नगर अध्यक्ष रत्नकुश रञ्जीतले गर्नु भएको कार्यक्रमको सञ्चालन सचिब श्रीधर पराजुलीले गर्नु भएको थियो । –नव क्षितिज साप्ताहिकबाट








