बनेपा, एमाले निकट अखिल नेपाल महिला संघ काभ्रेको अध्यक्षमा बिमला सापकोटा सर्वसम्मत चयन हुनुभएको छ । धुलिखेल नगरपालिकाको सभाहलमा शनिबार भएको छैटौं जिल्ला अधिबेशनबाट बिमला सापकोटाको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्वत चयन भएको हो ।
जसका बनेपाबाट अम्विका प्रजापति, सरिता श्रेष्ठ, रञ्जु सापकोटा, मन मिजार, पुजा हुमागाई, उर्मिला थापा, चण्डिका वाग्ले, पनौतीबाट बिमला कुवर, मुना कर्माचार्य, मिना श्रेष्ठ, भवानी भट्टराई, चण्डिका परियार, अनिता ङयासुर र नानु मैया कार्की रहेका छन ।
त्यस्तै धुलिखेलबाट जमुना तामाङ, जानुका पराजुली, योग लक्ष्मी श्रेष्ठ, मथुरा तोलाङगे, संगिता श्रेष्ठ र रेनुका हमाल मण्डनदेउपुरबाट चम्पा थापा मगर, मथुरा सापकोटा (डोटेल), तुलशी पौड्याल, सुमित्रा भट्टराई, निसुरत्न वस्ताकोटी, सरस्वति वि.क र सरस्वती रिमाल । नमोवुद्धबाट बिमला खनाल, अप्सरा हुमागाई, भवानी चिमोरिया, शुभद्रा खनाल, स्वयता लामा र चमेली विसुन्खे । भुम्लुबाट उर्मिला वराईली, लक्ष्मी कोइराला, नन्द कुमारी खड्का । चौरीदेउरालीबाट ईन्द्र मायाँ योञ्जन, गोमा गौतम, विष्णुमायाँ गौतम रहेका छन ।
त्यस्तै रोशीबाट सानु मायाँ लामा, मनिता लामा, नारायणी अधिकारी, प्रतिभा रायमाझी । खानिखोलाबाट जमुना दाहाल, अनिसा तिमल्सिना । वेथानचोकबाट सरिता देवि तिमल्सिना, अम्विका घोर्साईने, सरस्वति तिमल्सिना । तेमालबाट लालुमायाँ तामाङ, समिरा राना मगर, अमर मायाँ लामा र सरस्वति पुलामी मगर तथा महाभारतबाट भोज कुमारी लामा र रविना मायाँ अस्तानी रहेका छन । पाँचखाल लगायतबाट केहि सदस्य थप भएसँगै ७१ सदस्यीय कमिटी बन्ने र समितिको पहिलो बैठकले अन्य पदाधिकारी चयन गर्ने अध्यक्ष बिमला सापकोटाले जानकारी दिनु भयो ।
संयोजक कमला काफ्लेको अध्यक्षतामा भएको जिल्ला अधिवेशनलाई नेकपा एमाले स्थायी कमिटी सदस्य सीता पौड्याल, पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा, जिल्ला अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठ लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो । –नव क्षितिज साप्ताहिकबाट








