बनेपा, नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक प्रदेश सांसद ठम्मर बहादुर विष्ट एमालेमा प्रवेश गरेकै दिन हिजो काभ्रेमा पनि ठुलो संख्यामा नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन ।
पछिल्लो समय देशभर एमाले रोज्ने क्रम बढीरहेको छ । जुन क्रम काभ्रेमा पनि निरन्तर भैरहेको छ । यहि क्रममा हिजो मात्रै नेकपा माओवादी केन्द्र रोशि गापाका अध्यक्ष डिल्लीप्रसाद रेग्मी सहितको सयौको टिम एमाले प्रवेश गरेका छन ।
पार्टी प्रवेशपछि रेग्मीले अझै ठूलो समूहमा नेता कार्यकर्ता माओवादी त्यागेर एमालेमा प्रवेश गर्ने तयारी रहेको बताएका थिए । उनले वर्तमान अवस्थामा देशको नेतृत्वका लागि एमालेको विकल्प नरहेको बताएका थिए । नेकपा एकीकृत समाजबादीका जिल्ला सदस्यद्वय चित्र बहादुर सारु र मेघबहादुर राना, पालिका सचिब एवं शिक्षक संगठन जिल्ला उपाध्यक्ष गङ्गाराम राना तथा रोशी गाउँपालिका वडा नम्बर ९ को सम्पूणर् वडा कमिटि एमालेमा प्रवेश गरेका थिए । प्रवेशीहरुलाई एमाले पोलिटव्यूरो सदस्य एवं पुर्व मन्त्री गोकुल बाँस्कोटाले स्वागत गरेका थिए । कार्यक्रमा नेकपा एमालेका केन्द्रिय सदस्य रेशम लामा, नेकपा एमाले काभ्रेका उपाध्यक्ष तथा पूर्व मन्त्री चन्द्र लामा, उपसचिव रिता ढकाल, अनेरास्ववियूका संघीय महासचिव समिक बडाल, एमाले रोशी गाउँपालिका कमिटिका अध्यक्ष देवसागर लामालगायतको उपस्थिति रहेको थियो ।








