नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आइतबारको संसद बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति असहमति प्रकट गरेका छन् । उनले आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने बताए ।

‘कहाँ टेबल गर्छन् अरे, उनीहरुको भान्छाघरमा रु संसद त चल्दैन कहाँबाट टेबल हुन्छ रु’ खनालले भने, ‘हाम्रो पार्टीको निर्णय त्यस्तो छैन । हामी त्यसमा सहमत छैनौं । यस्ता खालका सहमतिहरु न संसदमा लानुपर्ने आवश्यक छ, न संसद खुल्ला छ रु यस्तो बेला टेबल गर्छु भन्नु नेपाल राष्ट्र र जनतामाथिको घात हो ।’