बनेपा, पाँचखाल–४, काभ्र्रेमा स्थापना भएको जीवन मार्ग बचत तथा ऋण सहकारी संस्था लि.को शनिबार सम्पन्न नवौं साधारण सभाबाट सन्तोष पराजुलीको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्वत निर्वाचित भएको छ ।
जसको उपाध्यक्षमा कल्पना श्रेष्ठ, सचिवमा प्रज्ञा भट्टराई बानिया, कोषाध्यक्षमा सुन्दर पुलामी र सदस्यहरुमा राजु अधिकारी, पुजन के.सी, उतम खत्री तथा लेखा तथा सुपरिवेक्षण उप–समिति संयोजकमा सरोज पराजुली र सदस्यहरुमा सुरज बानिया र रामशरण बस्नेत सर्वसम्वत निर्वाचित भएका हुन ।
निवर्तमान अध्यक्ष शुसिलराज गिरीकोे सभापतित्व र काभ्रेपलाञ्चोक जिल्ला बचत संघ लिका उपाध्यक्ष सागरनाथ कपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ लिका सदस्य हिमाली श्रेष्ठ, सौर्य साकोसका अध्यक्ष सुरेस श्रेष्ठ, प्रभात साकोसका कोषाध्यक्ष बलराम मानन्धर, जीवन साहारा कृषि सहकारी संस्थाका अध्यक्ष सुबिन्द्र तिमल्सिना लगाएतको आतिथ्यता रहेको थियोे । सभामा सचिवले प्रगति प्रतिबेदन, कोषाध्यक्षले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । प्रमुख अतिथि कपालीले एक ब्यक्ति एक प्रकृतिको संस्थामा मात्र बस्न पाउने भएकोले सदस्यले बेलैमा राम्रो संस्था चुन्नु पर्ने बताए । कार्यक्रमका सभापति सुशील राज गिरीले संस्थामा हालसम्म ४ करोड भन्दा बढीको कारोबार भएको पच्चीस सय सदस्य रहेको बताएका थिए । –नव क्षितिज साप्ताहिकबाट