काभ्रे जिल्लाको महाभारत गाउँपालिका–१ स्थित् आरुबोटेका बेपत्ता तीन बालक भेटिएका छन् । गत आइतबारदेखि बेपत्ता उनीहरु सिन्धुलीको सदरमुकाममा भेटिएका हुन् ।

महाभारत–१ का वडा अध्यक्ष कान्छामान जिम्बाका अनुसार सोही वडाका कान्छामान जिम्बाको १२ बर्षीय छोरा मोटे भनिने नीरबहादुर जिम्बा, मानबहादुर जिम्बाको १३ बर्षीय छोरा ज्ञानबहादुर जिम्बा र वीरबहादुर जिम्बाको १२ बर्षीय छोरा खेलमान जिम्बा बेपत्ता थिए ।

उनीहरुमध्ये एक जनालाई सिन्धुलीको सदरमुकामस्थित् बजारको बाँसपार्क क्षेत्रमा रुर्दै गरेको अवस्थ्यामा त्यहाँस्थित् एक होटल सञ्चालकले भेटिएको थियो । होटल सञ्चालकका अनुसार आफुले रुनुको कारण सोध्दा, १२ वर्षीय जिम्बाले आफुलाई भोक लागेको तर खानेकुरा तथा किन्न रकम केही भएको बताएका थिए ।

त्यस्तै उनीसँगै रहेका अन्य दुई जनालाई पनि होटल साहूले चाउमिन लगायतले खाजा खुवाएर उनै साहुले चाउचाउ आदि खानेकुरा किनेर ती बालकहरुलाई बुधबार नै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा बुझाएका थिए ।

त्यसपश्चात् सिन्धुली प्रहरी कार्यालयले काभ्रेस्थित् आफन्तलाई सम्पर्क गरी बेपत्ता बालक भेटिएकोले लिन आउन जानकारी गराएका थिए । त्यस दिन प्रहरी कार्यालयमै राखिएका उनीहरुलाई विहीबार काभ्रेबाट अभिभावकहरु पुगेसँगै घर पठाएका हुन् ।

घरबाट घर्तिछापसम्म गाडीमा गएपनि त्यहाँबाट भने हिडेर नै सिन्धुलीको रामपुर हुँदै सदरमुकाम सिन्धुली बजार पुगेको उनीहरुको भनाई छ ।