स्वभावैले प्रगतिशील र सामाजिक चिन्तन लिएर हिड्ने काभ्रेका उदाउँदो प्रतिभा हुन किरण गौतम । २०५२ सालमा काभ्रेपलान्चोक जिल्लाको ढुंखर्क बेथाञ्चोकमा स्वर्गिय पिता कुलप्रसाद गौतम र आमा कमला गौतमको कोखबाट जन्मिएका लोक गायक किरण गौतम सानै उमेरदेखि गित गाउन रुचाउथे । गाउँमै हुर्के बडेर गाउमै बसेर स्नातक उतिर्ण गरेका थिए । घरको जेठो सन्तान भएकोले सानै उमेरदेखि अभिभावको दुख सुखमा साथ दिदै नेपालमै केही गर्न चाहन्थे उनी । एकातिर गित गाउने भबिस्यमा गायक बन्ने रहर थियो भने अर्को तर्फ घरको जिम्मेवारी । नेपालमा रहेर रोजगारिको सुनिस्चितता र आफ्ना रहर अनि जिम्मेवारी पूरा नहुने देखेपछि उनी पहिलो पल्ट २०७०सालमा परदेश पसे ।
२०७३ सालमा पहिलो पटक गित रेकर्ड गरेर साङितिक यात्रा थालनी गरेका गायक किरण गौतमले आजसम्म करिब १६ वटा आफ्नै गित बजारमा पस्किसकेका छन । २०७४ सालमा नव क्ष्तििज साप्ताहिक मार्फत अन्तरवार्ताका क्रममा काभ्रेलाइ लोक दोहोरिमार्फत चिनाउने प्रतिबद्दता ब्यक्त गरेका गौतमको अहिले सम्मको सर्वाधित चर्चित गित पनि काभ्रे जिल्ला मायाको लाल किल्ला नै रहेको छ । सबैलाइ सजिलै संगीतको रस दिन सक्ने खुबिले गर्दा विशेषत काठ क्षेत्रमा छोटो समयमै लोकप्रिय गायकको रुपमा आफुलाइ स्थापित गर्न सफल भएका हुन उनी । यतिबेलाको युवापुस्ता ¥याप–पपमा तानिइरहेका बेला काभ्रेका यी युवा लोक दोहोरीमै संघर्ष गरिरहेका छन । उनी भन्छन–विशेषतः हाम्रो नेपालका धेरै क्षेत्रमा लोक गीत नै सुनिन्छ, जुन हाम्रो मौलिक संस्कृति हो । नेपालको ग्रामीण तथा हिमाली भेगलगायत शहरी क्षेत्रमा समेत लोक गीत नसुन्ने कोही छैनन् । अहिले विदेशमा पनि लोक गीत–संगीतको ठूलो माग छ । वैदेशिक रोजगारीमा जाने हामी युवाहरू प्रायः ग्रामीण भेगकै छौ जसलाई लोकभाका नै मन पर्छ । नेपालमा पप–¥याप सुन्नेहरू पनि लोक संगीतका प्रशंसक छन् । बिगत ५ वर्षदेखि यो क्षेत्रमा निरन्तर लागिरहेका गौतम लोक गितको शब्द कोर्ने, लय सिर्जना गर्ने र गाउने यि तीनै चीज एकसाथ गर्दै आएका छन । उनले सुनाए मेरो अनुभवमा शब्द, संगीत र गायन यी तीनै कुरा निकै कठिन विषय हुन् । कडा परिश्रम एवं साधनाका साथै धैर्य यसका लागि आवश्यक कुरा हुन् । मेरो व्यक्तिगत कुरा गर्नुपर्दा यी तीनवटै विधा मेरा लागि उत्तिकै प्रिय र महत्वपूर्ण छन् र पनि म गायनमा बढी आनन्द फिल गर्छु ।
बिगत ४ वर्षअघि लोक सांगीतको क्षेत्रमा भर्खर पाइला राख्दा उनलाइ यत्तिको छोटो समयमा सफल भइएला भन्ने लागेको थिएन । आफ्नो क्षेत्रमा अहिले जुन स्थानमा छु त्यो त्यति ढिलो गरी प्राप्त भएको हो भन्ने लाग्दैन । उनी भन्छन–इच्छाशक्ति ज्ञान र आफ्नो क्षमता लाई निखारदै जादा यो सम्भव भएको हो । पछिल्लो समय वैदेशिक रोजगारिबाट फर्किए पछि नेपालमै केही गर्ने र लोक दोहोरिमै अझै केही सिक्ने मनसायले काठमाडौको कोटेश्वरमा गायिका स्मृती गौतम र उन्ले शैलुङ रोधिघरको सुरुवात गरेका थिए । ब्यबसाय सुरुमा राम्रो हुँदै थियो जब विश्व ब्यापी कोरोनामाहामारीको पहिलो भेरियन्ट नेपालमा पनि फैलियो त्यस पछि भने अर्को समस्या थपीयो । एकातिर ब्यासायको कर्जा अर्को तर्फ आफ्नो दैनिकी काठमाडौको लकडाउनमा कस्ट भोगेपछि फेरि गायक गौतम परदेश हिड्ने निर्णयमा पुगे । अन्तिम समयमा लोक गायिका गिता देविको आवाज र उनको आफ्नै लय शब्दको ए साइली बोलको लोक दोहोरी गित आफ्नै युटुब च्यानल मार्फत दर्शक श्रोताको लागि छोडेर परदेस लागे । सो गित यतिबेला करोड क्लबमा समेत प्रवेश गरेको छ । यतिबेला दुवइमा रहेका छन । केही महिना अगि प्रतावदास र स्मृती गौतमको स्वरमा उनले लय शब्द सिर्जना गरेको अल्लारे माया नेपाली दर्सक श्रोताको लागि सार्वजनिक गरे ।
कोरोना महामारिको दोश्रो लहर र लकडाउनको अबस्थाबाट हैरान भएका दर्सक श्रोताले उनको मौलिक लोक दोहोरी अल्लारे माया लाई पनि उत्तिकै रुचाएका थिए ।
परदेशमा रहेर पनि संगित यात्रालाई निरन्तरता दिइरहेका गौतमले २ महिनाअघि जोडा बोलको अर्को लोक दोहोरी गित आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरेका थिए । जुन गायकको आफ्नै साङितिक यात्रा संस्मरण हो । लेखन र गायनमा आत्मपरक छ । तर आत्मकेन्द्रीत भने छैन । गितलाइ सुन्दा र मनन गर्दा गायक गौतम बेलाबखत भेटिन्छन तर केन्द्रमा उनी हैन उनले हिंडेको बाटो, देखेका दृष्य, भेटेका मानिस र उनीहरुका कुरा र व्यवहारको अनुभव साटिएको छ । यसकारण पनि लोक गित जोडा खास बनेको छ ।
परदेशमै रहेर पनि आफ्नो गाउँघर र नेपालको चाडपर्व मेलालाई सम्झिरहने गायक किरण गौतमलाई काभ्रेजिल्लाको पनौतिमा लाग्ने बाह्र वर्षे मकर मेलाको लागि पनि केही योगदान गर्नु पर्छ भन्ने कुरा मनमा लागिरहेकै थियो । यसैबिच केही नजिकका साथिहरु संग मकर मेलाको पुर्वतयारिका क्रममा भैरहेका गतिबिधीलाई मध्य नजर गर्दै उनले यौटा आध्यात्मिक खाले गित गर्ने अठोट गरेका हुन । आफ्नै जिल्लाको विशेष मेला स्थानिय कलाकारलाई प्राथमिकतामा राखेर काम गर्नु पर्छ भन्ने सकारात्मक उर्जाका साथ गायिका सिर्जना श्रेष्ठ संग बाह्र वर्षे पनौती मेला बोलको लोकदोहोरी गित यतिबेला सार्वजनिक भएको छ । यो पनि किरण गौतमकै लय÷शब्द अनि गायिका सिर्जना श्रेस्ठ र किरण गौतमको आवाजमा रेकर्ड भएको थियो । १२ वर्षमा १ पटक लाग्ने काभ्रेजिल्लाको विशेष गौरवको यो महान सांस्कृतिक पर्वको किम्बन्दन्ती र पौराणिक तस्थहरुलाइ खोजिगरेर गरिएको यस किसिमको आध्यात्मिक धारको लोक गित सार्वजनिक पश्चात् जिल्लावासी स्थानिय र सबै दर्शक श्रोताले रुचाइरहेका छन । साथै यहि महिनामा किरण गौतमको लय÷शब्दमा प्रताव दास र गायिका रचना रिमालको आबाजमा बोलिको खर्च बोलको अर्को लोक दोहोरी गित बजारमा ल्याउने तयारी रहेको पनि जानकारी उनले दिएका छन । काभ्रेली लोक गायक किरण गौतमलाइ साङितिक जीवन यात्रा सफलताको अझ धेरै शुभकामना । –प्रस्तुती गणेश आचार्य । नव क्षितिज साप्ताहिकबाट