पेट्रोलियम पदार्थमा लगातार भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले काठमाडौंका बिभिन्न क्षेत्रमा प्रदर्शन गरेका छन् ।
‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् । सडकमा निस्किएका उनीहरुलाई प्रहरीले रोकेको छ ।
नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलामा प्रतिलिटिर ३÷३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो । नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ । यसैगरी एक लिटर डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ । आन्तरिक हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रतिलिटर १०६ रुपैयाँ कायम गरिएको छ ।








