बनेपाने, कपा एमाले काभ्रेको १०औं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । गत २३ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेर सुरु भएको जिल्ला अधिवेशन मंगलबार नयाँ नेतृत्व निर्वाचीत गरेर सम्पन्न भएको हो ।

अधिवेशनले अशोक व्याञ्जुको अध्यक्षतामा नयाँ जिल्ला कमिटी निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा चन्द्र लामा, सचिवमा राजन भूर्तेल, उपसचिवमा रीता ढकाल र राजकुमार सापकोटा निर्वाचित भएका छन् । निर्वाचित मध्ये अध्यक्ष व्याञ्जु र उपसचिव ढकाल निर्विरोध निर्वाचित भएका हुन् ।
त्यसैगरी खुल्ला तर्फका सदस्यहरूमा जेनिश लामा, कञ्चन अधिकारी, इन्द्र तामाङ, नवराज ढकाल, विक्रम चौलागाईं, हरिशरण दाहाल, नवराज भूर्तेल, प्रेम लामा, रामशरण दाहाल, हरिकुमार मैनाली, उपेन्द्रकुमार घिसिङ, भोजराज तिमल्सिना, मुक्ती विष्ट, विनोद सापकोटा, उपेन्द्र शर्मा, राकेश लामा, शालिकराम पराजुली, हरिश्चन्द्र घिमिरे, विष्णुप्रसाद हुमागाईं, बेदप्रसाद तिमल्सिना, विनोद पराजुली, रामकृष्ण हुमागाईं, दिलिप तामाङ, सञ्जिव वाईवा, विदुर प्रसाद सापकोटा, नवराज बजगाई, अमित लामा, नारायणप्रसाद गौतम, भैरव केसी, राजेन्द्र केसी, सुदर्शन थापा, सुन्दर खड्का र हरी खतिवडा रहेका छन् ।
यसैगरी महिलातर्फ पवित्रा भूर्तेल, सुनिता थापा, गिता बञ्जारा, अम्बिका ठकुरी, लालतारा अधिकारी कार्की, रेखा सापकोटा दाहाल, कमला काफ्ले, निर्मला काफ्ले, रमिला तामाङ, सिता कोइराला, सूर्यमाया दनुवार, गोमा तिमल्सिना, बबिता खरेल, शुभद्रा अधिकारी, शान्ता न्यौपाने, शुभन्द्रा नेपाल आचार्य, सजना आचार्य रहेका छन् । अल्पसंख्यकमा सुमन भुजेल र जमुना भुजेल, मजदुरतर्फ विदुर खत्री, मोहनबहादुर गजुरेल, शान्ती कार्की, दलित खुल्लातर्फ प्रकाश रोक्का, खड्गबहादुर पुर्कोटी, टंकबहादुर दमाईं, विकास मग्राती, विष्णुबहादुर मिजार, रमेश नेपाली छन् भने दलित महिलातर्फ सम्झना परियार, कल्पना बि.क. र इन्दिरा मिजार रहेका छन् ।

भुगोलको प्रतिनिधिसभा क्षेत्र नंं. १ बाट गोविन्द उप्रेती, निराजन जंगम, उद्धव सापकोटा, निरोज पाण्डे, पूर्णचन्द्र सिग्देल, सत्यमान लामा, सञ्जिव ढकाल, हरिशरण खरेल, कुणराज चौलागाईं, नेत्रप्रसाद गौतम तथा महिला तर्फबाट बबिता बोहरा, कल्पना तामाङ, ज्ञानीमाया लामा, यशोदा खनाल र उमा थपलीया निर्वाचित भएका छन् । भने क्षेत्र नं. २ बाट होमप्रसाद चौलागाईं, कुलमान तमाङ, आत्माराम थापा, टिकाराम लामा, सुदर्शन हुमागाईं, जगन्नाथ अधिकारी, शिवप्रसाद न्यौपाने, हर्कमान तामाङ र महिलामा सरिता रायमाझी, माधुरी दुलाल सापकोटा, कल्पना कुमारी श्रेष्ठ, गिता सापकोटा न्यौपाने र गोमा गौतम निर्वाचित भएका छन् ।
निर्वाचितको सपथ र पदभार भने कोरोना भाईरसको संक्रमणदर बढेका कारण हुन सकेको छैन । –नव क्षितिज साप्ताहिकबाट