बनेपा, सम्बृद्घ काभ्रे कृषि सहकारी संस्था लि. बनेपा–७, काभ्रेको आठौं बार्षिक साधारणसभा शुक्रबार बनेपाको नयाँ तरकारी बजारस्थित कृषिबजारको सभाहलमा सम्पन्न भएको छ ।
जिल्ला सहकारी संघ लि. काभे्रका अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै शर्माले विभिन्न उद्देश्यका साथ खोलिएका सहकारीहरले सोही बमोजिम नै काम हुन नसकेको सन्दर्भमा सम्बृद्घ काभ्रे कृषि सहकारी संस्था लि.ले उद्देश्य अनुसारको चक्लाबन्दी खेतीसँगै कृषि उत्पादनका काम गर्न सफल भएकोमा बधाई दिदै सबै किसानलाई उत्पादनमा जोड्न आग्रह गर्नु भयो ।
सोही अवसरमा संस्थामा रही उत्कृष्ट कार्य गर्ने कर्मचारीहरु नबराज राय, संगीता कर्माचार्य र बिनिता काफ्लेलाई प्रमुख अतिथिबाट खादा र प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । सोहीदिन बसेको बन्द सत्रले पुनः पुरुषोत्तम हुमागाईंको अध्यक्षतामा सात सदस्यिय सञ्चालक समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा अनिला शिल्पकार, सचिवमा जयराम सिग्देल, कोषाध्यक्षमा मधुसुदन पाठक र सदस्यहरुमा याम्बर बहादुर कार्की, निगम हुमागाईं र बलराम श्रेष्ठ सर्वसम्मत निर्बाचित हुनुभएको छ । त्यसैगरी लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा शंकरमणि नेपाल र सदस्यहरुमा महेश्वर कोईराला र पानबहादुर श्रेष्ठ सहित सबैजना सर्वसम्मत निर्वाचितहुनु भएको थियो । निर्बाचित सबैलाई निर्बाचन उपसमितिका संयोजक पूर्णचन्द्र सिग्देलले सपथ ग्रहण गराउँदै प्रमाणपत्र समेत प्रदानगर्नु भएको थियो ।

२०७४ सालमा नयाँव्यवस्थापन सहित कार्य सम्हालेको संस्थाले चार वर्षको दौरानमा १२ करोड २२ लाख एक हजार पाँच सय दुई रुपैयाँँको कुल कारोवार गर्न सफल भएको जानकारी दिईएको थियो । ३२ लाख ४९ हजार पाँच सय शेयर पुँजी रहेको संस्थाले ११ करोड ११ लाख ९३ हजार रुपैयाँँकर्जा लगानी गरेको छ ।