बनेपा, नेकपाएमाले काभ्रेको १० औ जिल्लाअधिवेशनमा क्षेत्रीयहोटल संघ काभ्रेले २५ प्रतिशत छुटको व्यवस्था गर्ने भएको छ ।
एमालेको १० औं जिल्लाअधिवेशनले आन्तरिक पर्यटनलाई बृद्धि गर्ने धुलिखेलको थपप्रचार हुने र सौराहमा जस्तै उत्साहहुने भएकाले क्षेत्रीय संघले कोठा तथा खानेकुरामा २५ प्रतिशतको छुट दिनलागेको क्षेत्रीयहोटल संघ धुलिखेलको सचिव जोत्सना सैंजूले जानकारी दिनुभयो ।
उहाँले कोरोनाको कारणले थलिएको होटल व्यवसायलाई उकास्न धुलिखेलमा हुने एमालेको अधिवेशनले मद्धत मिल्ने आशाआफूहरुले लिएको बताउनुभयो ।
उहाँले ५० हजारको उपस्थितीमा धुलिखेलमा गरिने अधिवेशनमाआउने आन्तरिक पर्यटकलाई स्वागत गर्न आफूहरु तयारी अवस्थामा रहेको बताउँदै कार्यक्रम सफलताको शुभकामनाव्यक्त गर्नुभयो ।
क्षेत्रीय होटल व्यवसायी संघका अध्यक्ष प्रेमकण्ठ श्रेष्ठले आन्तरिक पर्यटकको स्वागत गर्न तयार रहेको बताउनुभयो । उहाँले यो आफूहरुले अवसर समेत भएको बताउँदै उहाँहरुलाई आकर्षक छुटको व्यवस्था गरेको भन्नुभयो । पर्यटकको आगमनमा हामीहरु स्वागत गर्न तयार रहेको बताउनुभएको ।