बनेपा, आगामी पौष २३ गते धुलिहेलमा हुने नेकपा एमाले काभ्रेको दशौं जिल्ला अधिवेशन भब्य हुने भएको छ । जसको लागि तयारी तिब्र गतिमा भैरहेको जिल्ला कमिटी अध्यक्ष अशोक ब्याञ्जुले जानकारी गराउनु भएको छ ।
५० हजार कार्यकर्ताको बिचमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने अधिवेशनको तयरीमा बिभिन्न गतिविधि, जन संघठनका अधिवेशनलगायतका कार्यहरु भैरहेका छन संंगै कार्यक्रमनै पिच्छे अरुदल त्यागि एमाले प्रवेशको लहर नै चलेको छ ।नेकपा एमाले निकट महिलाहरूको सङ्गठन अखिल नेपाल महिला संघ भुम्लुको गाउँ अधिवेशनका क्रममा भुम्लु गाउँपालिका वडा नं. ७ की निर्वाचित वडा सदस्य अनिता माझीले नेकपा एस परित्याग गरी नेकपा एमालकोे भुम्लु अनेमसंघमा आबद्ध हुनुभएको छ । भने अरु धेरैले सो क्रममा एमाले रोज्जु भएको छ । त्यस्तै बनेपा नगरपालिका भित्र बसोबास गर्ने विभिन्न पार्टी परित्याग गरि ११० जना नेकपा एमालेमा प्रवेश गरेका छन् । अन्य पार्टीका जिम्मेवार पदमा भएका व्यक्तिहरू एमालेमा प्रवेश गरेका हुन् । जिल्ला अधिवेशनका क्रममा अन्य दल छाडी केन्द्रदेखि वडासम्मका धेरै नेताहरु एमाले प्रवेश गर्दै गरेको एमालेले जनाएको छ ।
विद्युतीय भोटिङ मेशिनको प्रयोग
नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनमा विद्युतीय भोटिङ मेशिन प्रयोग गरिने भएको छ । आगामी पौष २३ गते धुलिखेलमा हुने अधिवेशनमा निर्वाचनको तयारी स्वरुप ४० वटा मेशिनको प्रयोग गरिने कार्यालय सचिव हरिकुमार मैनालीले बताउनुभयो । उहाँले पौष २३ गते सुरु हुने अधिवेशनमा पहिलोपटक विद्युतीय मतदान हुन लागेको जनकारी दिनुभयो ।
एमालेको विधानअनुसार सबै पदमा निर्वाचन भएमा प्रतिनिधीले मेशिन मार्फत मतदान गर्नेछन् । विधानले निर्देशन गरे अनुसार जिल्ला अध्यक्षदेखि विभिन्न आयोगसम्ममा मतदान गर्नुपर्नेछ । काभ्रेमा महाधिवेशनमा १ हजार ५ सयको हाराहारीमा अधिवेशन प्रतिनिधिले मतदान गर्नेछन । यद्यपी काभ्रेमा सर्वसम्मतलेनै नेतृत्व चयन हुने संम्भावना रहेको मैनालीले बताउनुभयो । सकेसम्म जिल्लाका सबै पदमा सर्वसम्मतको प्रयास भैरहेको छ तर निर्वाचन हुने अवस्थामा हामी तयारी हालतमा रहेका छौ मैनालीले थप्नुभयो ।
प्रतिनिधीलाई डिजिटल क्यु आर कोर्ड
एमाले काभ्रेले प्रतिनिधीको कार्डमा उच्च प्रविधीको प्रयोग गरेको छ । प्रतिनिधीलाई क्य आर कोर्ड सहितको कार्ड उपलब्ध गराउँदै त्यसलाई स्कान गरेर मात्रै सभास्थलको बन्द सत्रमा छिर्न पाउने व्यवस्था एमालेले गर्न लागेको हो । कार्ड स्कान गरेपछि उसको सबै विवरण कम्युटरको स्क्रिनमा देखिने गरि काम भैरहेको मैनालीले बताउनुभयो ।
१३ स्थानीय तहमा तयारी बैठक
एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनको लागि काभ्रेका १३ वटा नै स्थानीय तहले तयारी थालेका छन् । एमाले काभ्रेको जिल्ला अधिवेशनमा कम्तिमा ५० हजारको उपस्थितीमा धुलिखेल रंङ्गशालामा गर्ने अधिवेशनमा तयारीमा काभ्रेका १३ वटा स्थानीय तहले तयारी थालेका छन् । प्रत्येक स्थानीय तहले हजारौको संख्यामा कार्यकर्ता ल्याउने तयारी थालेका छन् । सोही अन्तरगत बनेपा र धुलिखेल नगरले बृहत कार्यकर्ता भेला समेत गरेका छन् ।
बनेपा नगर कमिटीका अध्यक्ष रत्नकुश रन्जितको सभापतित्व र पोलिटव्यूरो सदस्य एंव काभ्रे इन्चार्ज गोकुल बाँस्कोटो प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष अशोक व्याञ्जु, जिल्ला कमिटी सदस्यहरु कुमार तिमल्सिना, हरिशरण दाहाल, मुक्ति बिष्ट, तुला प्रसाद दाहाल, बनेपा नगर प्रमुख लक्ष्मी नरहसिंह बादे, उपप्रमुख रेखा सापकोटा दाहाल, पार्टी कमिटीका विभिन्न व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।
कहाँबाट कतिको सहभागिता
एमालेको १० जिल्ला अधिवेशनको जनपरिचालन उपसमितीका संयोजक कंचन अधिकारीले काभ्रेका १३ वटानै स्थानीय तहबाट हजारौंको संख्यामा जनसहभागिता गराउने बताउनु भयो ।
उहाँका अनुसार बनेपाबाट ५ हजार, पनौती ५ हजार, धुलिखेल ५ हजार, पाँचखाल ३ हजार, मण्डनदेउपुर ५ हजार, नमोबुद्ध २५ सय, तेमाल २ हजार, बेथानचोक १ हजार, भुम्लु १ हजार, रोशी १ हजार, महाभारत ३ सय र खानीखोलाबाट कम्तिमा ५ सयको जनसहभागिता रहने छ ।
अनेरास्ववियुमा अशोकको नेतृत्व
पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाले आगामी निर्वाचनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) पत्तासाफ हुने बताउनुभएको छ ।
अनेरास्ववियू काभ्रेको २९औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बाँस्कोटाले चुनावपछि माओवादी केन्द्र खास साइजमा आउने बताउनुभयो । आगामी निर्वाचनमा जनताले माओवादी केन्द्रलाई ३ देखि ५ सिटमा सीमित गरिदिएपछि प्रचण्डको पार्टी कोल्याप्स हुने बाँस्कोटाको दाबी गर्नुभयो ।
अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ । जसको अध्यक्षमा अशोक खनाल, उपाध्यक्षमा हेमराज हुमागाई, सचिवमा मिलन गौतम, सहसचिवमा सन्जिव न्यौपाने, युवराज दाहाल, कल्पना लामा, कोषाध्यक्षमा आदर्श न्यौपाने, कार्यालय सचिवमा सुमन जैरु र संगठन बिभाग प्रमुखमा दिपेश तिमल्सिना लगाएत रहेका छन । –नव क्षितिज साप्ताहिकबाट