बनेपा, क्युपेक नेपाल काभ्रेले बनेपाको नगर भेला सम्पन्न गरेको छ । शनिबार सुर्यनारायण श्रेष्ठको अध्यक्षतामा भएको भेलाले ११ जनाको नयाँ कमिटी चयन गरियो ।
जसमा अध्यक्ष रमेश श्रेष्ठ, उपाध्यक्ष सुर्यनारायण श्रेष्ठ, सचिव सजना गोले, सह–सचिव राम बहादुर खडका, कोषाध्यक्ष शिव वहादुर आलेमगर र सदस्यहरुमा शान्ता खड्का, लिला बहादुर खड्का, लाल बहादुर मानन्धर, शरण गौतम, धनकुमारी श्रेष्ठ, दिल बहादुर खत्रीलगाएत रहेका छन ।
कार्यक्रमा प्रमुख अतिथि क्युपेक नेपाल केन्द्रिय कमिटिको उपाध्यक्ष शान्ता बस्नेत रहनुभएको थियो भने अतिथिहरुमा क्युपेक नेपाल केन्द्रिय कमिटिको सदस्य तथा वागमती इन्चार्ज कृती निधि बिष्ट, क्युपेक नेपाल काभ्रेको अध्यक्ष बल बहादुर लो, नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा मजदुर इन्चार्ज केशव मणी पौड्याल, बनेपा वडा नं १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्का र क्युपेक नेपालका जिल्ला कमिटिका पधाधिकारी लगायतको उपस्थिती रहेको थियो ।
बनेपा १० नं. वडा कार्यलयमा भएको कार्यक्रम सञ्चालिका सजना गोले रहेका थिए । प्रमुख अतिथि शान्ता बस्नेतले क्युपेक नेपालमा सदस्य भई आफ्नो पिर मर्का र समस्याको बारेमा सम्वन्धित निकायमा राख्नु पर्छ भन्दै संगठित मजदुर भएर आफ्नो जायज मागलाई सम्वोधन गर्न गराउन लगाउनु पर्ने विचार राख्नु भएको थियो ।
जिल्ला कमिटिका अध्यक्ष बल बहादुर लोले मजदुर छरिएर होइन संगठित भएर लाग्नु पर्छ । जसरी पानीको थोपा थोपा बाट नदि, नदिबाट सागर बन्छ त्यसै गरी एक एक मजदुर मिलेर कमिटि वनाएर आफ्नो हक हित र सुनिश्चित सामाजिक सुरक्षा लगायतका मागहरु पुरा गर्न हामिले आन्दोलन गर्न पनि पछाडी पर्नु हुन्न भन्दै हाम्रो माग पुरा गर्न संगठित भएर अगाडि बढनुपर्छ भन्ने जस्ता आफ्नो विचार राख्नु भएको थियो । –नव क्षितिज साप्ताहिकबाट
It ensures proper cognitive advancement in infants depanten τζελ and also sustains cognitive efficiency in grownups.








