बनेपा, जिफन्टको घटक संगठन जुट, गार्मेन्ट, कार्पेट, टेक्साटायल मजदुर युनियन नेपालको काभ्रे जिल्ला भेला शनिबार वनेपामा सम्पन्न भएको छ ।
कार्यक्रममा जिफन्टका केन्द्रीय सदस्य एवं जुट, गार्मेन्ट, कार्पेट, टेक्साटायल मजदुर युनियन नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी, उपाध्यक्ष फुलमाया लामा, महासचिव हरिभक्त सुवेदी, काभ्रे जिफन्टका नेता मोहन गजुरेल, शिक्षा विभागका शालिकराम सुवेदीलगायतको आतिथ्यता रहेको थियो ।
जिल्ला भेलाबाट निरू थापा क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय जुगाकाटेमयु जिल्ला कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा शर्मिला नापित, सचिवमा ववि श्रेष्ठ, कोषाध्यक्षमा कान्ता वल्लि दाहाल र सदस्यहरूमा चन्द्रमाया श्रेष्ठ, जमुना श्रेष्ठ, गंगा तामाङ, रोजना श्रेष्ठ, सरिता भोछिभोया, अशुनि तामाङ र फुलमाया तामाङ रहनु भयको छ । संगठनमा १५ सदस्य वनाउने गरि ४ सदस्य पछि थपिने छ । भेलामा सम्वद्धहरुको बाक्लो उपस्थिती रहेको थियो । –नव क्षितिज साप्ताहिकबाट








