बनेपा, नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले जीउँदो सहित मुकेश कायष्थलाई भेटन बनेपामा रहेको उनकै घरमा आएका छन । सहिदको परिवारबाट सपथ लिन आफू मुकेशको घरमा आएको शर्माले बताए । उनले नेपाली काँग्रेसको महामन्त्री पदको जिम्मेवारी गहिरो अनुभूती गर्न र इमान्दार ढंगले कार्य गर्न उनै मुकेश कायष्थ र मुकेशलाई जन्म दिने माता पितालाई छोएर सपथ खान आएको बताए ।
मुकेशकी आमा मिरा कायष्थले संघीय लोकतान्त्रिक व्यवस्था माथि हुने प्रहारलाई राजनीतिक दलले रोक्दा मात्र सहिदको परिवारले शान्ती पाउने बताइन । दोस्रो जनआन्दोलनको क्रममा २०६२ चैत्र ७ गते कञ्चटमा गोली लागेर घाइते मुकेश अर्धचेत छन । घाईते भएपछि ११ महिना वीर अस्पताल, ५ महिना डा उपेन्द्र देवकोटाको न्यूरो अस्पताल, अन्नपुर्ण अस्पतालमा उपचार पछि ५ महिना अनामनगरमा स्पर्श थेरापी पनि गरिएको थियो । निरन्तरको स्याहारसुुसार र उपचारपछि देब्रे हात चलाउने, मा“ ९आमा० भन्ने, हास्ने र ह्विलचियरमा अड्न सक्ने सम्म हुनुभएका मुकेश २०७५ असारमा अचानक विरामी परेपछि पुरानै अर्धचेत अवश्थामा फर्किनुभएको छ । मस्तिष्कको ४ भाग मध्ये ३ भाग नष्ट भएको डाक्टरले जनाएका छन ।
सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेको लागि छ हजार दुई सय भत्ता र एक नर्स नियमित उपलव्ध गराउ“दै आएको छ ।