बनेपा, शुक्रबार भएको नेपाली काँग्रेस काभ्रेको १४ औँ अधिवेसनबाट जिल्ला सभापतिमा तिर्थ लामा विजयी भएका छन् । नेपाली काँग्रेस काभ्रेको १४ औँ अधिवेसनबाट लामा अत्याधिक मतले विजयी भएका हुन् ।
लामाले उनका प्रतिद्वन्द्वी अच्युत पौडेललाई ८ सय ७६ मतले हराएका हुन । लामाले १६४६ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी अच्युत पौडेलले ७७० मत प्राप्त गरेका छन् ।
उपसभापतीमा तिर्थ प्यानलका ठाकुर प्रसाद न्यौपानेको १४०० मत र रमेश प्रसाद हुमागाईंको १५२३ मत पाएका छन । मधु आचार्य प्यानलका उपसभापति गोविन्द बहादुर थापाको ६९५ मत, शंकरदास लामाको ६५२ मत रहेका छ भने उपसभापतिको स्वतन्त्र उम्मेदवार देवराज लामाको २४१ मत रहेको छ ।
सचिबमा तिर्थ प्यानलका गुणराज मुक्तानको १४२० मत र माधव प्रसाद ढकालको १४१० मत रहेको छ । मधु आचार्य प्यानलका कमल बहादुर तामाङ ७५५ मत र दिनेश भुर्तेलको ८३५ मत छ । सहसचिबमा तिर्थ लामा समूहका समिर ब्याञ्जु श्रेष्ठको १४४५ मत र रविन्द्रनाथ सिग्देलको १४१९ मत रहेको छ । मधु आचार्य प्यानलका बिनोद गौतमको ७५५ मत र रञ्जीव श्रेष्ठको ८४५ मत रहेको छ । अन्य सदस्यहरुमा पनि तिर्थ प्यानलका सम्पुर्ण विजयी भएका छन ।








