नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस पटकको भाइटीकाको साइत सार्वजनिक गरेको छ। पञ्चाङ्गका अनुसार भाइटीकाको साइत २०७८ कार्तिक २० गते शनिबार बिहान ११ बजेर २ मिनेटमा रहेको छ।

समितिका सदस्य सूर्यप्रसाद ढुंगेलका अनुसार कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटका लागि भाइटीकाको शुभसाइत रहेको छ।११ बजेर २ मिनेटका लागि शुभ साइत भएपनि दिनभरी नै टीका लगाउन कुनै छेकबार नभएको उहाँको भनाइ छ ।