बनेपा, नेकपा एमाले काभ्रेका सबै वडा र पालिका स्तरको अधिबेशन सम्पन्न भैरहेका छन । १३ पालिका र १३५ वडा मध्ये प्रायको अधिबेशन सम्पन्न भएको छ । पालिका मध्ये आज कार्तिक १५ गते बेथानचोकको र केहि दिनमै रोशीको अधिबेशन सम्पन्न हुने एमालेले काभ्रेले बताएको छ । अन्य पालिकाको अधिबेशन सकिएको छ ।
आइतबार सम्पन्न नेकपा एमाले खानीखोला गाँउकमिटीको अधिबेशनबाट अध्यक्षमा डम्बरबहादुर तिमल्सिना सर्वसम्वत निर्वाचित भएका छन । जसको उपाध्यक्षमा जय बहादुर लुङ्गेली, सचिव मान बहादुर गोले तथा उप–सचिवमा दुर्गा प्रसाद तिमल्सिना र विरेन लामा चयन भएका हुन ।
त्यसैगरी सर्वसम्वत नेतृत्व चयन हुन नसकेको एमाले नमोबुद्धको अध्यक्षमा कृष्ण खनाल विजयी भएका छन । बुधबार भएको निर्वाचनमा खनाल बिजयी भएका हुन् । उनी कुल ८१ मत ल्याई विजयी भएका हुन् । यस्तै उपाध्यक्षमा कृष्णवहादुर तामाङ ११३ मत ल्याएर विजयी भए । सचिवमा विजयी भएका गणेश लामा १०३ मतसहित विजयी भए । उपसचिवमा हरिराम प्याकुरेल र सम्झना लामा विजयी भएका छन् । प्याकुरेलले ५६ र लामाले ६१ मत पाए । अध्यक्षमा खनाल, सन्जीव ढकाल, उद्धवप्रसाद हुमागाई र पुर्ण पान्डेबीच प्रतिस्पर्धा भएको थियो ।
यसअघि बनेपामा अध्यक्षः रत्नकुश रञ्जित, उपाध्यक्षः नवराज मानन्धर, सचिवः श्रीधर पराजुली तथा उप सचिवः रोशनी उपाध्याय र केदार दाहाल सर्वसम्वत निर्वाचित भएका थिए । धुलिखेलमा अध्यक्षः दयाराम महत, उपाध्यक्षः निरोज खड्का, सचिव विष्णु धिताल तथा उप सचिवः चिनीमाया तामाङ र कृष्णहरि कोइराला । पनौतीमा अध्यक्षः सुरेश हुमागाई, उपाध्यक्षः हरिशरण सुर्यवंशी, सचिवः सन्तोष केसी एवं उप सचिवः राजेन्द्र थापा र राजकुमार सापकोटा सर्वसम्वत निर्वाचित भएका छन ।
यस्तै पाँचखालमा अध्यक्षः विष्णुहरी पौडेल, उपाध्यक्षः भरतप्रसाद सापकोटा, सचिवः प्रकाश ब्लोन तथा उप सचिवः राधाकृष्ण श्रेष्ठ र नविन लामा । मण्डनदेउपुरमा अध्यक्षः शेरबहादुर डोटेल, उपाध्यक्षः जितबहादुर तामाङ, सचिवः तुलसी नेपाल तथा उप सचिवः सुमन नेपाल र राममणी सापकोटा सर्वसम्वत चयन भए । महाभारतमा अध्यक्षः जगतमान मोक्तान, उपाध्यक्षः उमेश थापा, सचिवः गणेश यस्माली तथा उपसचिवः चन्द्र पुलामी र कुलध्वज योञ्जन सर्वसम्वत चयन भएका थिए । भने चौरीदेउरालीमा अध्यक्षः जितराम लामा, उपाध्यक्षः डम्बरबहादुर लामा, सचिवः बलराम ढुंगाना तथा उप सचिवः टेकबहादुर मोक्तान र निरन्जन चयन भएका थिए ।
त्यसैगरी भुम्लुमा अध्यक्षः कृष्णमान लामा, उपाध्यक्षः लोकबहादुर कुँवर सचिवः छत्र श्रेष्ठ तथा उप सचिवः उर्मिला बराईली र चन्द्रबहादुर लामा । तेमालमा अध्यक्षः इन्द्रमान तामाङ, उपाध्यक्षः सिंहबहादुर दोङ्ग, सचिवः च्याङ्गवा तामाङ तथा उप सचिवः सुकुमान तामाङ र सुरेन्द्र तामाङ सर्वसम्वत चयन भएका थिए ।