बनेपा, जिल्लाका १३ वटा स्थानीय तहमध्ये मंगलबार भएका नेकपा एमालेको पालिका अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

जस अनुसार धुलिखेल नगरपालिकामा दयाराम महत, पनौती नगरपालिकामा अध्यक्षमा सुरेशप्रसाद हुँमागाई, पाँचखाल नगरपालिकामा बिष्णुहरि पौडेल, चौरीदेउराली गाउँपालिकामा जीतराम लामा, महाभारत गाउँपालिकामा जगत मोक्तान, मण्डनदेउपुर नगरपालिकामा शेर बहादुर डोटेल, बनेपा नगरपालिकामा रत्नकुश रञ्जीत, भुम्लु गाउँपालिकामा कृष्णमान तामाङ र तेमाल गाउँपालिकामा इन्द्रमान तामाङको नेतृत्वमा कमिटी चयन भएको छ ।