बनेपा, नेकपा एमालेले देशैभरका सबै वडाहरूमा एकैदिन अधिवेशन सम्पन्न गरेको छ । देशका ६ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गरेकोे हो । जसमध्ये केहि वडाको मात्र अधिबेशन आज सकिदै छ ।
काभ्रेका १३५ बडा मध्ये अधिकांसमा बडा अधिवेशन सकिएको छ । केहि बाँकि वडाहरुको आज सकिने छ । भोली कात्तिक ९ गते सबै पालिकामा एकैदिन पालिका अधिवेशन गर्ने तयारी भैरहेको छ । सात सय ५३ पालिकामा पार्टी कमिटीका लागि अधिवेशन गर्न लागिएको हो ।
काभे्रेका १३ स्थानीय तहमध्ये प्राय सबै स्थानीय तहको वडाका अधिवेशन सकिएको छ जसमध्ये हामिलाई प्राप्त विवरण अनुसारका सर्वसम्वत निर्वाचित वडा अध्यक्षको विवरण यहाँ प्रस्तुत गरेका छौ ।
मण्डनदेउपुर बडा नं १ को अध्यक्षमा कुमार ढकाल, वडा नं २ को अध्यक्षमा रामहरि तिमल्सिना, वडा नं ३ मा भोला बजगाई, वडा नं ४ मा मैतेसिं तामाङ, वडा नं. ५ मा हर्क घिसिङ, वडा नं ६ मा ईन्द्र श्रेष्ठ, वडा नं. ७ मा विष्णु प्रसाद पौडेल, वडा नं ८ मा सरोज पौडेल, वडा नं ९ मा हिराकाजी तामाङ, वडा नं १० मा रामचन्द्र नेपाल, वडा ११ मा मुकुन्द सापकोटा तथा १२ मा रमेश पराजुलीको नेतृत्वमा बडा कमिटि गठन भएको छ ।
त्यस्तै पनौती वडा नं. १.को अध्यक्षमा उद्धब सापकोटा, २ मा केशब हुमागाई, ३ मा बिष्णु प्रसाद सापकोटा, ४मा दिपक प्रसाद दाहाल, ५ मा कुमार केसी, ६ मा कुमार बस्नेत, ७ मा हरिकृष्ण श्रेष्ठ, ८ मा नकुल बहादुर खत्री, ९ मा उद्धब थापा, १० मा धर्मलाल श्रेष्ठ, ११ मा नबराज थापा र १२ मा ईश्वर जंगमको नेतृत्वमा वडा कमिटी चयन भएको छ ।
बनेपा नगरपालिकाको वडा नं. १ मा कमल घिमिरे, २ मा शालिकराम घिमिरे, ३ मा राजु बजगाई, ४ मा नवीन श्रेष्ठ, ५मा शमिता थापा, ६ मा राजेन्द्र थापा, ७ मा वर्ण शाक्य, ८ मा श्याम मानन्धर, ९ मा विक्रम प्रजापति, १० मा पवन केसी, ११ मा जयराम गिरी, १२ मा बुद्धिनाथ शर्मा, १३ मा रामलाल दुवाल र वडा नं १४ मा निर्मला तामाङको नेतृत्वमा वडा कमिटी चयन भएको छ ।
त्यसैगरी धुलिखेलको १ मा कार्साङ तामाङ, २ मा अर्जुन न्यौपाने, ३ मा हिरा बहादुर तामाङ, ४ मा आशिष थापा, ५ मा शव्दलाल श्रेष्ठ, ६ मा रमन श्रेष्ठ, ७ मा सुभाष श्रेष्ठ, ८ मा राम वाईवा तामाङ, ९ मा राम हुमागाई, १० मा देवराज शाह, ११ मा मन्दिप गौतम र १२ मा विर बहादुर तामाङ निर्विरोध चयन भएका छन् ।
पाँचखालको १ मा रेशम लामा, २ मा भरत पोखरेल, ३ मा बाबुकाजि अधिकारी, ४ मा राजेश श्रेष्ठ, ५ मा मदन ढुंगाना, बडा नं ६ मा बरुण ढुंगाना, बडा नं ७ मा श्रवण बोलखे, बडा नं ८ मा दिनेश लामा, बडा नं ९ मा रामकाजि श्रेष्ठ, बडा नं १० मा केदार घिमिरे, बडा नं ११ मा राम लामा, बडा नं १२ गोपालबहादुर दनुवार र बडा नं १३ मा जनकराज तामाङ चयन भएका छन् ।
त्यसैगरी भुम्लुको वडा नं १ मा बिष्णु लामा, २ मा बिर बहदुर भण्डारी, ३ मा ज्ञानु लामा, ४ मा जस्बीर लामा, ५ मा राम कुमार खड्का, ६ मा प्रेम श्रेष्ठ, ७ मा रमेशराज खरेल, ८ मा गोपाल तामाङ, ९ मा माधब पराजुली र वडा नं..१० मा गोपाल तामाङ चयन भए ।
नमोबुद्ध नगरको १ मा प्रेम प्रसाद सत्याल, २ मा कान्छामान लामा, ३ मा रोहीणी प्रसाद अधिकारी, ४ मा सुरेन्द्र चिमोरिया, ५ मा लालकाजी लामा, ६ मा भरत न्यौपाने, ७ मा प्रताप लामा, ८ मा शेरबहादुर तामाङ, ९ मा ज्ञानबहादुर लामा, १० शिव बस्नेत र ११ मा भवनाथ स्ङयस्तानको नेतृत्वमा वडा कमिटी चयन भएको छ ।
यसैगरी चौरीदेउराली वडा नं १ मा सुनिल लामा, २ मा छत्रप्रसाद प्रधान, ३ मा कृष्णप्रसाद चौलागाई, ४ मा बद्री प्रसाद गौतम, ५ मा मिनप्रसाद फ्ुयाल, ६ मा डिल्ली चौलागाई, ७ मा बलबहादुर तामाङ र ८ मा सुरज पन्त चयन भएका छन् ।
भने महाभारत गाउँपालिकाको वडा नं १ मा दिलदास श्रेष्ठ, २ मा जनक मोक्तान, ३ मा हरि अस्तानी, ४ मा दोसबहादुर जर्गा, ५ मा अजय थिङ, ६ मा कुमार सिंह लामा, ७ मा अम्बर बहालदु्र श्रेष्ठ, र ८ मा प्रविन दर्लामी चयन भएका छन् ।
त्यस्तै तेमाल गाउँपालिकको वडा नम्बर १ मा इन्द्र अधिकारी, २ मा बिरनन्द तामाङ , ३ मा नेत्र बहादुर तामाङ, ४ मा धनलाल तामाङ, ५ मा विवेक लामा तामाङ, ६ मा पाल्तेन लामा तामाङ, ७ मा खुशराज लामा, ८ मा औलतसिङ तामाङ र ९ मा बुद्धराज ब्लोन तामाङ सर्वसम्मत रुपमा निर्वाचित भएका छन । खानीखोला गाउँपालिकको वडा १ मा आशाराम गोले, ४ मा कृष्ण बहादुर लोप्चन, ६ मा चन्द्र बहादुर थोकर, ७ मा राम बहादुर मोक्तान । रोशी गाउँपालिका वडा नं ३ मा इन्द्रबहादुर लामा । बेथानचोक गाउँपालिकको वडा नम्बर १ मा डण्ड प्रसाद दाहाल र ३ मा राम प्रसाद तिमल्सिना चयन भएका छन् । –नव क्षितिज साप्ताहिकबाट








