रोटरी क्लब अफ कपनले सेन्ट जर्ज स्कुलमा पोलियो सम्बन्धि जानकारी गराउने उदेश्यले कार्यक्रम सम्पन्न गर्यो । रोटरी इन्टरनेशनलद्वारा सधैंका लागि पोलियो निर्मुलिकरण अभियान शुरु गरि प्रत्येक वर्ष २४ अक्टोबरमा विश्व पोलियो दिवस मनाउने गरिएको छ । तर गत वर्ष र यस वर्ष कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थित भैइ खासै धेरै र ठूला कार्यक्रम भएनन् ।

यस वर्ष डिष्टृकले क्लब आफैं वा अन्य क्लबसँग मिलेर जनचेतना मुलक कार्यक्रम गर्नु भने अनुसार रोटरी क्लब अफ कपनले भने काठमाडौं महानगरपालिका वाड नं ५ स्थित सेन्ट जर्ज स्कुलमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई पोलियो सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरि विद्यालयमा भएका सबै विद्यार्थीहरुलाई माक्स वितरण गर्यो । कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष शिवहरि खनाल , अध्यक्ष डा. तेज रोक्का, उपाध्यक्ष शुचिता काफ्ले , क्लबका सचीव एवं विद्यालयका अध्यक्ष प्रल्हाद दाहालको सहभागिता थियो । विद्यालयको तर्फबाट बोल्दै प्र.अ मेघराज बजगाईले यस्ता कार्यक्रमले बालबालिकालाई सुसूचित गराउने र बाहिरी ज्ञान समेत हासिल हुने गर्दछ । पोलियो नेपालबाट निर्मुल पार्न रोटरी इन्टरनेशलनले खेलेको भुमिका अत्यन्तै प्रशंसनिय रहेको बताउनु भयो । त्यसै गरि क्लबका निवर्तमान अध्यक्ष शिवहरि खनालले रोटरीले पोलियो निर्मुल पार्न गरेको योगदान बारे प्रष्ट्याउनु भयो ।

विद्यार्थीलाई प्रोजेक्टरबाट स्लाइड मार्फत रोटरियन मिलन रोक्काले पोलियोको बारे जानकारी गराउनु भयो । विद्यार्थीका थप प्रश्नको उत्तरमा क्लबका सचीव प्रल्हाद दाहालले प्रष्ट पार्नु भयो । कार्यक्रमको अन्त्यमा क्लबकी उपाध्यक्ष शुचिता काफ्लेले सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि विद्यालयले यस्ता कार्यक्रम गरि विद्यार्थीहरुलाई हरेक कुराको जानकारी गराउने छ भन्दै कार्यक्रम आयोजना गरि सहयोग गरेकोमा विद्यालयलाई धन्यवाद दिनु भएको थियो ।