कुनै बिषय अपत्यारिला भएपनि यथार्थ नै हुन्छन । यस्तै भएको छ दार्चुलामा– गत महिना भएको कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका व्यक्ति शनिबार एमालेको वडा सचिवमा चयन भएका छन्।

गत ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट शंकर सिंह डोबाल महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन भएका थिए। उनै डोबाल शनिबार सम्पन्न भएको नेकपा एमालेको वडा अधिवेशनमा सचिव पदमामा चयन भएका छन्। एमाले वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ। पहिले पार्टी प्रवेश गराएर सचिवमा उम्मेद्वारी दिन लगाएको एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले बताए।
तर कांग्रेसले सम्पन्न गरेको वडा अधिवेशनमा डोबाल उपसभापतिमा चयन भएका हुन्। एमालेमा प्रवेश गरे नगरेकोबारे जानकार छैन’, कांग्रेस महाकाली नगरपालिकाका प्रवक्ता पदम सिंह महरले भने।