बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँ कति बढ्यो हेर्नुस सूचीसहित


 

सरकारले आजबाट बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म वृद्धि गरेको छ । काठमाडौं उपत्यकामा २८ र उपत्यका बाहिर २३ प्रतिशत भाडादर वृद्धि भएको हो ।
सोमबारबाट बागमती प्रदेशभर सञ्चालन हुने सार्वजनिक यातायातको भाडा वृद्धि भएको हो। बागमती प्रदेश सरकारले दसैं अगाडि नै भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । दसैंको बेला गाउँ जानेहरुलाई समस्यामा पर्ने भन्दै दसैंपछि मात्रै नयाँ भाडा दर लागू भएको हो । पहिले २० रुपैयाँ भाडा भएको दुरीमा अब २५ रुपैया भाडा तोकिएको छ । पहिले गाडी चढेर नजिकै झर्दा १५ रुपैयाँ भाडा थियो । भने, अब डिलक्स भन्दा बाहेकका सार्वजनिक सवारीले १८ रुपैयाँ भाडा लिने छन् । डिलक्स सुविधा प्रदान गर्ने सार्वजनिक यात्रुवाहब सवारीले नयाँ भाडादरमा २० प्रतिशत थपेर भाडा लिन पाउने छन् ।
                                                                               हेर्नुस पुरा विवरण

 

प्रतिक्रिया दिनुहोस्