ओलीले जनताको भोटको दुरुपयोग गरे-माधव नेपाल


 

बनेपा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले गल्ती स्वीकार गरेमा नयाँ ढंगले सोच्न सकिने बताएका छन । शनिबार नेकपा (एकीकृत समाजवादी) काभ्रेले आयोजना गरेको विजया दशमी, शुभ दिपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको जिम्मेवारी लिन ओली तयार भएमा नयाँ ढंगले सोच्न सकिने बताएका हुन ।

तर ओली सुध्रिने आश भने आफूमा नभएको भन्दै नेता नेपालले धेरैलाई संसद्मा आफ्नो पार्टी शक्तिको रुपमा उदाउने विश्वास नलागेको बताए । ओलीको निकै ठूलो दबाब परेको थियो, तर त्यो कसैले टेरेनन् भन्दै उनले भने ओलीले जनताले विश्वास गरेर दिएको भोटको दुरुपयोग गरे । अध्यक्ष नेपालले विगतका सरकारले गरेका गल्ती नदोहोर्याउन र सहि ढंगले अघि बढ्न सरकारको ध्यानाकर्षण गराउदै आगामी निर्वाचनमा गठबन्धनमा रहेका पाँच दल नै जिल्ला–जिल्ला र पालिकामा गठबन्धन गरेर जाने बताए ।
जिल्ला अध्यक्ष टोकबहादुर वाइबाको अध्यक्षता र सचिव दिपक गौतमको सञ्चालनमा भएको कार्यक्रममा पूर्वसांसद शिवबहादुर देउजा, कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, जिल्ला सभापति मधुप्रसाद आचार्य, माओवादी केन्द्रका नेता तेजबहादुर मिजार, क्रान्तिकारी (माओवादी)का कान्छाराम तामाङलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्