बनेपा, नेपाली काँग्रेस धुलिखेल वडा नं.–९, ले विजया दशमी, शुभ–दीपावली, नेपाल सम्बत, छठ, लगायतका पर्वहरुको अवसरमा बिहिबार शुभकामना आदान–प्र्रदान, चियापान तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ ।
तरुण दल धुलिखेल वडा नं.–९, नेपाल विद्यार्थी संघ धुलिखेल वडा नं.–९, को समन्वयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला सचिव दिनेश लामा रहनुभएको थियो । वडा सभापति बलराम सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान वडा सभापति बिदुर बस्नेत नगर सभापति निर्वाचित हुनुभएकोमा सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस काभ्रे क्षेत्र नं. १, का सभापति तिर्थ लामा, उप–सभापति रमेश हुमागाई, जिल्ला सदस्यहरु रविन्द्र सिग्लेल, समिर ब्याञ्जु, धुलिखेल नगर सभापति बिदुर बस्नेत, निवर्तमान सभापति जितकृष्ण श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।
हेर्नुस फोटो फिचर









