साढे दुई महीनाका लागि बागमती प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसलाई दिन नेकपा ९एकीकृत समाजवादी०लाई गरिएको प्रस्तावप्रति कांग्रेस नेता डाक्टर शेखर कोइरालाले आपत्ति जनाएका छन् । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनअघि नै कांग्रेस बागमती प्रदेश सभाका दलका नेता इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउन चाहेको खबर सार्वजनिक भएपछि नेता कोइरालाले आपत्ति जनाएका हुन् ।

उनले महाधिवेशनलाई लक्षित गरी अढाइ महीनाका लागि कांग्रेस नेतृत्वमा सरकार बनाउन गरिएको प्रस्तावले पार्टीलाई कमजोर बनाउने टिप्पणी गरेका हुन् । पार्टी केन्द्रीय सदस्यसमेत रहेका कोइरालाले अघि प्रश्न गरेका छन्, ‘संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउन गरिने यस्ता व्यवहारले नेपाली कांग्रेसका सदस्यहरु र आम जनतालाई के सन्देश दिन खोजिएको हो ?