असोज ४ गतेदेखी असोज ९ गतेसम्म भएको उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्था लि. वनेपाको बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कायक्रममा संस्थाका अध्यक्ष पूर्ण प्रसाद पलाञ्चोकेले अध्यक्षको, सचिब दियेशरत्न शाक्यले वार्षिक, कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डारीले आर्थिक तथा लेखा सुपरीबेक्षण समितिका संयोजक शान्तिराज कायस्थले लेखा सुपरीबेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो ।
प्रतिबेदन अनुसार उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्था लि. वनेपाको आर्थिक बर्ष २०७७।०७८ मा कुल सदस्य संख्या २४७७ कुल शेयर पुंजी ५ करोड २५ लाख २८ हजार, कुल बचत ७३ करोड ३० लाख १० हजार, कुल कर्जा सापट ५६ करोड ३० लाख ३९ हजार, कुल आम्दानी ९ करोड ३१ लाख ६२ हजार, कुल खर्च ७ करोड ५६ लाख ७३ हजार भई कुल सम्पत्ती ८५ करोड ८६ लाख ८३ हजार रहेको छ ।
सोही अबसरमा संस्थाका अध्यक्ष पूर्ण प्रसाद पलाञ्चोकेले संस्थाले आगामी दिनमा उत्पादनशील क्षेत्रमा संस्थाको कारोबारलाई बृद्धी गरिने बताउनु भयो । कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख कृष्णभक्त थापाले सहजिकरण गर्नु भएको थियो ।








