बनेपा, बनेपामा रहेको क्यापिटल बचत तथा ऋण सहकारी संस्था लिको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा भाद्र ३१ गते देखि असोज ३ गते सम्म चलेको थियो ।
वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष शेरबहादुर तामाङले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सस्था स्थापनाकालदेखि नै सहकारी मुल्यमान्यता र सिद्धान्तमा सञ्चालन भएको र आर्थिक अनुशासनलाई पालना गरी सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा लागिपरेको बताए । संस्थाले गत आर्थिक बर्षमा २३।८१ प्रतिशतले आर्थिक कारोबारमा वृद्धि गरी ४९ करोड २६ लाख बराबरको कारोबार गर्न सकिएको प्रतिवेदनमा जनाएको छ ।
संस्थाका सचिव फ्रेम बहादुर तामाङले प्रगति प्रतिवेदन तथा वार्षिक कार्यायोजना तथा बजेट सभामा प्रस्तुत गरेका थिए । संस्थामा आवधिक बचत राख्ने सदस्यहरुको दुर्घटनामा बीमा गर्ने र मनि ट्रान्सफरको सुविधा थप गर्ने योजना रहेको सभालाई उनले जानकारी दिए ।
संस्थाका कोषाध्यक्ष खेतराज सिटौलाले आर्थिक वर्ष २०७७।७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा ३ हजार ४४२ सदस्य र संस्थाको शेयरपुँजी ४ करोड ३१ लाख ५७ हजार, बचत ४४ करोड ९ लाख ४८ हजार र ऋण लगानी ३९ करोड २९ लाख ९३ हजार पुगेको जानकारी गराए ।








