बनेपा, यहाँ स्थापित उग्रतिर्थ बचत तथा ऋणसहकारी संस्था लि.को १२ औँ साधारण सभा आईतबार बनेपामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष मोहन गजुरेलको अध्यक्षता र बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले समग्र सहकारी क्षेत्रमा देखिएका समस्यालाई समाधानका लागि निति निर्माण गर्न आफूले पहल गर्ने बताउदै युवाहरुको सक्रियतामा सञ्चालित उग्रतिर्थलाई सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
संस्थाका उत्कृष्ट कर्मचारी सबिना थापा र सबिता चित्रकारलाई पुरस्कृत गरिएको कार्यक्रममा संस्थाका संचालक समितिका सचिव शान्तमणी रिजाललाई गोल्ड मेडलद्वारा सम्मानित गरिएको थियो ।
दि ग्राण्ड गुण्डु रिसोर्टका अध्यक्ष विज्ञान राई, प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझी, नेपाल सरकारका पूर्व उप–सचिव तथा सहकारी विज्ञ हरि वशिष्ठ, कोपोरेटिभ म्यानेजर क्लबकाभ्रे का अध्यक्ष बिबेकराज ठकुरी लगायतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारण सभामा सदस्यहरुबाट उठेका जिज्ञासा र सल्लाह सुझावहरुलाई सम्बोधन गर्दै अध्यक्ष गजुरेलले श्रम गरेर खानेहरुको बचत संकलन गर्ने र व्यापार व्यवसाय गर्नेहरुको प्रर्बद्धन गर्न संस्थाले जोड दिएको बताउदै आगामि दिनमा अझै सदस्य केन्द्रित भएर कार्य गर्ने बताए । कार्यक्रममा संस्थाका सचिवले प्रगति प्रतिबेदन, कोषाध्यक्षले आर्थिक प्रतिबेदन पेश गरेका थिए ।