नाला, डाइनामिक युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा बनेपा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण प्रसाद दाहालको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको छ ।
प्रमुख अतिथी दाहालले सहकारीले ऋण तथा बचतको मात्र काम नगरी सदस्यहरुको आय स्तर उकास्नका लागी सामुहिक लगानी गर्नु पर्ने बताउनु भयो । कृषि क्षेत्रमा विशेष लगानी र सुविधा प्रदान गरी सदस्यहरुको आवश्यकतालाई मध्यनजर गर्दै सहकारीले निति बनाउनु पर्ने दाहालले बताउनु भयो । नगरपालिकाको सहकारी ऐन र निति अनुसार सहकारीहरु सञ्चालन गर्न सुझाब दिदै दाहालले १–२ वटा सहकारीहरुले गर्दा सहकारीहरु बदनाम हुदै गएको बताउनु भयो । कार्यक्रममा पनौती नगरपालिका पशु पंक्षी शाखा प्रमुख मणि प्रसाद सापकोटा, संस्थाका सल्लाहकार विदुर सिग्देल, भिष्म प्रसाद बजगाई, किशोर बजगाई र इबनारायण दाहाल, पत्रकार महासघं काभ्रेका पुर्व उपाध्यक्ष नवराज बजगाई लगाएतका ब्यक्तिले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७७÷०७८ वार्षिक प्रतिबेदन सचिब उपेन्द्र दाहालले आर्थिक प्रतिबेदन कोषाध्यक्ष गौतम श्रेष्ठले र लेखा तथा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक भुवन श्रेष्ठले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको कुल शेयर पुजीं १ करोड ६९ लाख २९ हजार, बचत निक्षेप १५ करोड ४४ लाख १७ हजार, कर्जा लगानी १९ करोड ७३ लाख, कुल कारोबार २४ करोड ९३ लाख ८ हजार रहेको छ । संस्थाका अध्यक्ष माधब सिग्देलले संस्थाले कोभिड १९ लाई मध्यनजर गर्दै सदस्यहरुलाई सकेसम्म आवश्यकता अनुसार सेवा सुविधा उपलब्ध गराएको वताउनु भयो । संस्थाले समय साक्षेप सदस्यको माग अनुरुप प्रविधिको उच्चतम प्रयोग गरी गुणस्तरीय सेवा प्रदान गर्दै आएको र आगामी दिनमा आयमुलक क्षेत्रमा समेत लगानी गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष माधब सिग्देलको सभापतित्वमा सम्पन्न भएको थियो ।








