बनेपा, सत्तारुढ नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत तल्लो तहको अधिवेशन शुरु भइसकेको छ । काभ्रेमा कार्यालयमा लागेको ताला खुलेका कारण मंगलबारदेखि शुरु हुनेछ ।

भोलि असोज ५ गते वडा अधिवेशन, असोज ९ गते गाउँ÷नगर अधिवेशन, १२ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन र एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते हुँदै छ भने एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते हुँदै छ । भने कात्तिक १० देखि १२ गतेसम्म प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुने कार्यतालिका छ ।

यहि क्रममा काभ्रेको अधिवेशन तयारी अन्तिम चरणमा पुगेको बेला शनिबार सदस्यता र नबिकरणमा नाम नआएको भन्दै फोरम पक्षीय नेता कार्यकर्ताले नेपाली काग्रेस काभ्रेको भवनमा तालाबन्दी गरेका थिए । जिल्लाका धेरै वडामा सदस्यता नआएको, नबिकरण गरिएको सदस्यहरुको समेत नामहरु काटिएको भन्दै जिल्ला पार्टी कार्यालयमा तालाबन्दी भएको हो । छुटेका नाम नआई निर्वाचन प्रकृया सुरु हुन लागेको भन्दै नेपाली काँग्रेस काभ्रेका उपसभापति गोविन्दबहादुर थापाको नेतृत्वमा नेपाली काँग्रेस प्रतिनिधि क्षेत्र नं १ का उपसभापति विनोद गौतमले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन । यद्यपि शनिबार सहमती भै ताला खुलेका छ ।

अधिबेशनको पुर्ब तयारी सकिएको निर्वाचन अधिकृत राजेन्द्र लामिछानेले जानकारि दिनुभयो । जिल्ला सचिव दिनेश लामाका अनुसार १९ हजार क्रियाशील सदस्यबाट भोलि हुने बडा अधिबेशन संगै वडा समिति र लगभग २५ सय जिल्ला प्रतिनिधि चुनिने छन ।
कांग्रेसको यसपालिदेखि गाउँ÷नगर अधिवेशनमा पनि नेतृत्व चयन वडाबाट आएका क्षेत्रीय प्रतिनिधिले गर्ने गरी विधान संशोधन गरिएको छ । यसअघि क्रियाशील सदस्य सबै गाउँ÷नगर अधिवेशनका प्रतिनिधि हुने विधानमा व्यवस्था थियो । ७ सय ५३ स्थानीय तहमा असोज ९ गते एकैपटक अधिवेशन गर्ने तयारी गरेको निर्वाचन समितिले जनाएको छ । प्रत्येक वडामा १ सय ५० क्रियाशील सदस्य बराबर ९ जना र थप १ सय क्रियाशील सदस्य बराबर थप ६ जनाको दरले क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन्छन् । क्षेत्रीय प्रतिनिधि वडाबाट बढीमा ७५ जनासम्म निर्वाचित हुने व्यवस्था रहेको छ । वडाबाट आएका क्षेत्रीय प्रतिनिधि प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशनको पनि प्रतिनिधि भएकाले प्रदेशसभा कार्यसमिति तथा प्रतिनिधिसभा क्षेत्रको कार्यसमिति वडाबाट आउने प्रतिनिधिले नै निर्वाचित गर्ने भएकाले क्षेत्रीय तहका नेतृत्वका आकांक्षी नेताहरुको ध्यान वडाबाट आउने प्रतिनिधितर्फ केन्द्रित छ ।

त्यसैगरी केन्द्रीय कार्यसमिति निर्वाचित गर्न प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २५ जनाको दरले महाधिवेशन प्रतिनिधि आउँदै छन् । महाधिवेशन प्रतिनिधि पनि वडाबाट चुनिएर आउने क्षेत्रीय प्रतिनिधिले नै निर्वाचित गर्ने व्यवस्था छ । कांग्रेसको यो अधिवेशनमा १ सय ६१ सदस्यीय केन्द्रीय कार्यसमिति हुने गरी विधानमा व्यवस्था गरिएको छ । कांग्रेस केन्द्रीय समितिमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठ गरी प्रत्यक्ष निर्वाचित १३ पदाधिकारी हुन्छन् ।

को कहाँको उमेदवार ?

केन्द्रमा धेरै गुट देखिएपनि काभ्रेमा भने दुई गुटको रुपमा मात्रै प्रतिस्पर्धा हुने पक्का भएको छ । काभ्रेका प्रभावशाली नेताका रुपमा चिनिएका केन्द्रिय सदस्य शिवप्रसाद हुमागाई र जिल्ला सभापति मधु आचार्यको टिमका रुपमा गुटगत प्रतिस्पर्धा हुनेछ ।
हुमागाई केन्द्रिय सह-महामन्त्री वा केन्द्रिय सदस्यमा नै जान चाहेको भएपनि घोषणा भने भएको छैन । तर जिल्लामै आउने संभावना भने कमै रहेको छ । सभापति आचार्य भने सके बागमती प्रदेश सभापति नभए पदाधिकारीसम्म जाने तयारीमा रहेको बुझिन्छ ।
यता जिल्लामा भने उहाँको टिमबाट महेश खरेल, अच्युत पौडेल र तिर्थ पसखल मध्ये सभापति बन्ने कोशिसमा रहेका छन । हुमागाई टिमबाट दिनेश लामा र तिर्थ लामा मध्ये एक जना जिल्ला र एक जना संघीय सभापति हुने संभावना रहेको छ । यदी त्यसो नभए दुई मध्ये एकमा रमेश हुमागाईको पनि चर्चा छ । माधव ढकाल सचिव भएमा रमेश हुमागाई उप–सभापति हुने बढी सम्भावना छ । तर रमेश हुमागाई सचिव भएमा ढकाल सह–सचिव हुनेछन । आचार्य टिममा भने को को हुने एकिन छैन ।

यसैगरी काभ्रे क्षेत्र नम्बर १ मा सभापतिको लागि केन्द्रिय सदस्य हुमागाई टिमबाट तिर्थ लामा, दिनेश लामा र रमेश हुमागाई मध्ये नै प्रमुख दाबेदार हुन । आचार्य टिमबाट शखवुद्ध लामा, गणेश लामा मध्ये एक । क्षेत्र नम्बर २ मा भने हुमागाई टिमबाट सुन्दरमणी आचार्य र आचार्य टिमबाट कञ्चनचन्द्र वादे भिड्ने छन ।

संगै क्षेत्र १ को प्रदेश सभा (क) मा हुमागाई टिमबाट गुणराज मोक्तान र आचार्य टिमबाट रणबहादुर लामाको संभावना रहेपनि रोशी गाउँपालिकाका प्रमुख डिबी लामा जुन टिममा खुल्छन त्यताको टिकट उनैले पाउने छन । प्रदेश सभा (ख) मा भने हुमागाई टिमबाट रबिन्द्र सिग्देल र आचार्य टिमबाट राजेन्द्र कर्माचार्य र प्रह्लाद केसी बिचको प्रतिस्पर्घा हुने छ । क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा हुमागाई टिमबाट राम जोशी र बिदुर घिमिरे उमेदवार बन्ने चर्चा छ भने आचार्य टिमबाट महेश पौडेल र कमल लामाको नाम चर्चामा छ । त्यस्तै यो क्षेत्रको प्रदेश (ख) मा हुमागाई टिमबाट अर्जुन सापकोटा तथा आचार्य टिमबाट लक्ष्मी दनुवार र रञ्जिव श्रेष्ठ मध्ये एक भिड्ने छन ।

यो संगै १३ स्थानीय तह मध्ये बनेपा नगरपालिकामा हुमागाई टिमबाट महेश कर्माचार्य र आचार्य टिमबाट शान्तिरत्न शाक्य बिच प्रतिस्पर्धा हुने छ । धुलिखेल नगरमा हुमागाई टिमबाट विदुर बहादुर बस्नेत र आचार्य टिमबाट मञ्जु कुमार कोजु, विमल व्याञ्जु र विनोद गौतम मध्ये एकको चर्चा छ । पनौती नगरमा हुमागाई टिमबाट रामशरण भण्डारी र आचार्य टिमबाट भोला थापा । पाँचखाल नगरमा हुमागाई टिमबाट गणेश अधिकारी र हेम लामा मध्ये एक र आचार्य टिमबाट सुन्दर लामाको चर्चा छ । नमोवुद्ध नगरमा हुमागाई टिमबाट कुन्साङ लामा र आचार्य गुटबाट दिनेश भुर्तेलको संभावना छ । मण्डनदेउपुर नगरपालिकामा हुमागाई टिमबाट रामहरी सापकोटा र आचार्य टिमबाट कस्यप पौडेलको संभावना छ ।

त्यसैगरी रोशी गाउँपालिकामा हुमागाई टिमबाट पदम लामा र लक्ष्मी वर्तौला आचार्य टिमबाट हस्त वहादुर लामा चर्चामा छन । भुम्लु गाउपालिकामा हुमागाई टिमबाट दावा लामा र आचार्य टिमबाट तस्वीर लामाको संभावना रहेको छ । खानिखोला गाउँपालिकामा हुमागाई टिमबाट क्षेत्र लामा र आचार्य टिमबाट सोनाम लामा र गोपाल दर्लामीको चर्चा छ । तेमाल गाउँपालिकामा हुमागाई टिमबाट ज्ञान वहादुर लामालाई अघि बढाएको छ भने आचार्य गुटले सञ्जिव लामालाई अघि बढाउने तयारी गर्दैछ । चौरीदेउराली गाउपालिकामा हुमागाई टिमबाट किशोर राज गिरि, चन्द्र लामा र आचार्य टिमबाट छनोटमा पर्नेको खोजी जारी रहेको छ । महाभारत गाउपालिकामा हुमागाई टिमबाट देवराज योञ्जन र आचार्य टिमबाट रकम सिं घलान । वेथानचोक गाउँपालिकामा हुमागाई टिमबाट प्रेमबहादुर तिमल्सिना र आचार्य टिमबाट मछिन्द्र लामा बिच प्रतिस्पर्घा हुने छ । –नव क्षितिज साप्ताहिकबाट