बनेपामा विकास छ–जनप्रतिनिधि, विकासको महसुस छैन–सर्वसाधारण

मणिराम दाहाल, बनेपा

जिल्लाको बनेपा नगरपालिकामा जबसम्म पुलबजारदेखि बुडोलसम्म दायाँ बायाँ सडकलाई पिच गरेर सडकको र ढलको व्यवस्था राम्रो गर्न सक्दैन जति नै अरु क्षेत्रमा विकास गरेपनि समग्र विकास देखिने छैन । किनकि विकास देखिने क्षेत्र नै यहि हो ।
बनेपाको सबै जसो क्षेत्रमा विकासले गति लिएको देख्न सकिन्छ । चण्डेश्वरीदेखि गोसाइँकुण्डसम्म सिडि, बनेपाको भित्रि बजारमा पिच, पदमार्ग, फिल्म सिटीको परिकल्पना, गाउँ गाउँमा बाटो ढलान, पर्यटन क्षेत्रलाई प्रथामिकता सबै जसो क्षेत्रमा विकासका कार्य अगाडि बढेको छ । करिडोर लाई निरन्तरता दिन नस्कनु पनि विकासमा बनेपा नगरपालिकालाई धक्का पुग्नु हो ।
बनेपा नगरपालिकाले विकासे कार्य गर्न नसकेको कि गर्न नचाहेको ? कि गरेका विकासे कार्यलाई संरक्षण गर्न नसकेको कि भएका कार्यलाई जनतासामु पु¥याउन नसकेको यी र यस्तै प्रश्न अहिले बनेपा नगरवासी प्रत्येकको मुख मुख बाट सुन्न सकिन्छ । बनेपा नगर क्षेत्र प्राचीन सभ्यता बोकेको एक व्यापारीक क्षेत्र हो । यहाँ प्राचीन सभ्यता झल्काउने मठमन्दिर, पाटी पौवाहरु धेरै नै भेटिन्छन् । तर संरक्षण नभएर जिर्ण बन्दै गएको पनि देख्न पाइन्छ ।
विगत २० बर्ष सम्म स्थानीय निकायमा नेतृत्व विहिन हुदा र अहिले केही फरक त देखिन्छ । तर अपेक्षित विकास भने हुन सकेन । जननिर्वाचित नेतृत्व हुदा केही हदसम्म विकास भएको छ तर यस्ता प्राचीन सम्पदाहरुको संरक्षणमा पनि ध्यान दिनुपर्ने देखिन्छ । यस्ता सम्पदा भनेको सिङ्गो बनेपालाइ चिनाउने सम्पदा नभई हाम्रो देश नेपाललाई नै चिनाउने पुरातात्त्विक सम्पदा हुन भनेर हेक्का राख्न जरुरी देखिन्छ ।
बनेपा नगरपालिकामा १४ वडा छन् । गाउँमा धेरै नै विकासे कार्य भएको देख्न सकिन्छ । तर विकास त भयो कस्तो तरिका बाट काम भयो भनेर पहिला निरिक्षणमा कोहि जादैनन् । काम सकेपछि खबर आउछ अनि अनुगमन को नाममा भत्ता पकाउने कार्यकर्ता फकाउने गर्दै आफ्ना कार्यकर्ता पोस्ने काम गर्दै आएको जनगुनासो पनि सुन्न पाइन्छ । कतै भने निर्वाचित वडा अध्यक्षले नै ठेक्का आफ्नोे मान्छेलाई दिने अनि कमिशन खाने गरेको पनि सुन्न पाइन्छ ।
धेरै जसो बनेपाको क्षेत्र विकास भएको छ । तर कहाँ कुन विकासलाई प्राथमिकतामा राख्ने क्षेत्र अनुसार र भुगोल अनुसारको विकासको अध्ययन हुन नसक्नुले दीर्घकालीन पुर्वाधार विकास हुन सकेन खालि बाटो बनाउने भन्ने तर गुणस्तरीय बाटो भने नबनाउने कतिपय क्षेत्रमा त आज बाटो खन्यो भोलि बाढी आएर बाटो नै हुदैन ।
यसले गर्दा पर्यटन विकास लाई जोड दिने र पर्यटक भित्राउने हो र विकास गर्न हो भने । समृद्धि हाम्रै पालामा आउछ । नत्र समृद्धिको सपना जनतालाई देखाएर टाठा बाठा हरुले महल बनाउछन । दुखि जनता जहाको तहि विकास गर्ने संकल्प चाहिन्छ अनि विचार नत्र जति गरेपनि विकास देखिदैन ।
बनेपालाइ साच्चिकै सफा सुन्दर र व्यवसायिक क्षेत्र बनाउने हो भने बनेपा पुलबजार देखि बुडोल क्षेत्रको सडकलाइ तीन ल्यान बनाएर व्यवस्थित गर्ने सकियो भने बनेपामा मानिसहरूले हेर्ने दृस्टिकोण नै सकारात्मक हुन्छ भन्ने जनमानसकोे भनाई रहेका छ ।

प्रतिक्रिया दिनुहोस्