बनेपा–७, काभ्रेमा स्थापित उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवनबाट सेवा सुरुवात गरेको छ । बनेपाको प्रगति प्रभात स्कुल सँगै बनेको आफ्नो भवनबाट संस्थाले शुक्रबारदेखि सेवा सुचारू गरेको हो ।
संस्थाको भवनको शुक्रवार पूर्व उपसचिव हरि वशिष्ठ, युवा व्यवसायी विज्ञान राई र नुनम सुब्बाले संयुक्त रुपमा उद्धघाटन गर्नुभएको हो ।
३२ सय शेयर सदस्य रहेको सहकारीमा ४ करोड ५० लाख शेयर पुँजी छ । ४५ करोड ऋण लगानी गरेको संस्थामा ४२ करोड बचत रहेकोे छ ।
२०६५ सालमा दर्ता भएर ४ बर्षअघि औपचारिक रुपमा कारोबार थालेको संस्थाले स्थापना दिवसको अवसर पारेर प्रत्येक बर्ष १० जना विद्यार्थीलाई छात्रवृती प्रदान गर्दै आएको बताउदै अध्यक्ष मोहन गजुरेलले सहकारीले एकल महिलाको लागि विना धितो २ लाखसम्म सहुलियत कर्जा उपलव्ध गराउँदै आएको पनि बताउनु भयो ।








