बागमती प्रदेश सरकारले गाईजात्राको अवसरमा भदौ ७ गते बागमती प्रदेशभर सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले राजपत्रमा सूचना निकालेर भदौ ७ गते सार्वजनकि विदा घोषणा गरेको हो । प्रदेश सरकार मन्त्रीपरिषद्को मिति २०७८÷०५÷०२ गतेको निर्णयाअनुसार बागमती प्रदेशमा विशेष रुपमा मनाइने गाईजात्राको अवसरमा संवत् २०७८ साल भदौ ०७ गते सोमबारका दिन बागमती प्रदेशभर सार्वजनिक बिदा घोषणा गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । राजपत्रमा निकालिएको सूचनामा भनिएको छ ।