नमोबुद्ध, पर्यटकीय नगरी नमोबुद्धमा निर्माण गरिएका दुईवटा प्रवेशद्वारको आइतबार उद्घाटन गरिएको छ ।
नमोबुद्ध नगरपालिका वडा नं. १ फुलबारीमा निर्माण गरिएको नमोबुद्ध नगर प्रवेशद्वारा तथा वडा नं. ११ मा निर्माण गरिएको ऐतिहासिक एवं धार्मिकस्थल नमोबुद्ध मन्दिर परिसर प्रवेश गर्ने प्रवेशद्वारा एकैदिन उद्घाटन गरिएको हो ।
आइतबार आयोजित एक समारोहकाबीच नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले प्रवेशद्वारको उद्घाटन गरे । नमोबुद्ध नगर प्रवेशद्वार नमोबुद्ध नगरपालिका र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार कार्यक्रमको संयुक्त लगानीमा निर्माण गरिएको हो । उक्त प्रवेशद्वार निर्माणका लागि कुल २६ लाख २७ हजार ६ सय ६६ रुपैयाँ खर्च भएको छ । यस्तै नमोबुद्ध परिसर प्रवेशद्वार नमाबुद्ध नगरपालिका तथा राष्ट्रिय पुननिर्माण प्राधिकरणको २५ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको हो । दुबै प्रवेशद्वारमा बौद्ध संस्कृति झल्कने आकृतिसमेत निर्माण गरिएको छ ।
प्रवेशद्वार उद्घाटन गर्दै नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले नमोबुद्धको पहिचान तथा बौद्ध संस्कृति झल्कने गरी प्रवेशद्वार निर्माण गरिएको र यसले ऐतिहासिक क्षेत्र नमोबुद्धको पहिचानलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन थप टेवा पुग्न बताए । नगरपालिकामा ११ वटा वडा कार्यालयमध्ये ८ वटा वडा कार्यालय भवन निर्माण सकिएको र बाँकी तीनवटा पनि निर्माणका लागि टेण्डर आह्वान भइसकेको बताउँदै तिमल्सिनाले भौतिक पूर्वाधारको विकासलाई नगरपालिकाले उच्च प्राथमिकताका साथ अघि बढाएको बताए ।
कार्यक्रममा उपप्रमुख रामदेवी तामाङले नगरपालिकाको पहलमा निर्माण भएका पूर्वाधारको सबै पक्ष मिलेर संरक्षण र सम्वद्र्धन गर्नुपर्ने बताइन् । प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नमोबुद्ध मन्दिर नजिकै कोसेली घर निर्माणको कार्य केही समयमै सुरु हुने बताए ।
कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष कर्मग्याल्बो लामा, वडा नं. ११ का वडा अध्यक्ष कृष्णवहादुर तामाङ, नमोबुद्ध नगर प्रवेशद्वार निर्माण उपभोक्ता समितिका अध्यक्ष कामीसिं तामाङ लगायतले नमोबुद्ध क्षेत्रको धार्मिक एवं ऐतिहासिक महत्वका बारेमा प्रकाश पार्दै प्रवेशद्वार निर्माणले पर्यटन प्रवद्र्धनमा थप मद्दत पुग्ने बताएका थिए । – नव क्षितिज साप्ताहिकबाट








