चौकोट, काठमाडौ बिश्व विद्यालयका उपकुलपति प्रा.डा.भोला थापाको प्रमुख आतिथ्यतामा ऐतिहासिक चौकोट गढी स्थित कालिका देबि मन्दिर परिसरमा निर्मित कालिकादेबी सामुदायिक बहुउद्देश्यीय भवनको समुद्घाटन सम्पन्न भएको छ ।
कार्यक्रममा काठमाडौ बिश्व विद्यालयका डिन प्रा.डा. राजेन्द्र कोजु, कालीजंग गणका गणपति प्रमुख सेनानि मिलन थापा, उच्च अदालतका न्यायाधीश महेन्द्रनाथ उपाध्याय कुईकेल, पनौती नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत ईन्द्र प्रसाद अधिकारी, पनौती–५ का अध्यक्ष श्रीधर प्रसाद पाध्या कुईकेल, पुर्ब गाबिस उपाध्यक्ष सन्त बहादुर केसि, लक्ष्मी बचत तथा ऋण सहकारीकी अध्यक्ष मैया महत, अवकाश प्राप्त राष्ट्रसेवक कर्मचारी तथा स्थानीय बासिको उपस्थिति रहेको थियो । संचारकर्मी एवं स्थानीय सामाजिक ब्यक्तित्व दयाराम महतले संचालन गर्नुभएको उक्त कार्यक्रममा शिक्षा बिद एवं सञ्जिबनी उच्च माध्यमिक विद्यालयका पुर्ब प्रअ सानुकाजी महतले स्वागत मन्तव्य, सभापति नारायण थापाले निर्माणको आयब्यय र हरिशरण बस्नेतले उपस्थित सबैलाई धन्यवाद ज्ञापन व्यक्त गर्नुभएको थियो ।








