अब बिदेशबाट मोबाईल मगाउदा सोच्नु पर्ने भएको छ । अवैघ रुपमा नेपाल भित्रिएका मोबाइल साउन १ गतेदेखि नचल्ने भएका छन् । यस नियमका कारण विदेशबाट निजी प्रयोगका रुपमा वा उपहार पाएर मोबाइल भित्र्याउनेहरु त्रसित छन् । तर, नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइल–सेटलाई नियन्त्रण गर्ने प्रयोजनका लागि मात्र यो व्यवस्था लगाइएकाले अरुले डराउनु पर्दैन । आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र राज्यलाई राजस्वसमेत बढाउन यस्तो नियम कडाइका साथ लागू गर्न लागिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिएका छन ।
उनका अनुसार विदेशबाट सीधै खरिद गरेर ल्याइएका मोबाइललाई प्राधिकरणको अनलाइनमा रजिस्ट्रर गरेपछि मात्रै सञ्चालनमा आउनेछन् । हाल चलिरहेका मोबाइललाई यो नियम कडाइका साथ लागू नभएपनि साउन १ गतेपछि सञ्चालनमा आउने मोबाइलमा यो नियम कडाइका साथ लागू हुनेछ । नेपालमा खरिद गरिएका मोबाइलमा मोबाइल नेपाल भित्र्याउने कम्पनीले रजिस्ट्रार गर्ने हुँदा त्यसको सबै जानकारी प्राधिकरणसँंग हुने र बाहिर–बाहिर ल्याइएका मोबाइलको कुनै जानकारी नहुँदा त्यस्ता मोबाइलबाट आपराधिक क्रियाकलापसमेत हुने गरेको र त्यसको नियन्त्रणको लागि मोबाइल रजिस्ट्री अनिवार्य गरेको प्राधिकरणले जनाएको छ ।

अहिलेसम्म चलेका मोबाइल दर्ताभन्दा पनि अब नयाँ भित्रिने मोबाइलमा केन्द्रित भएर काम गरेको प्रवक्ता पौडेलको भनाइ छ । मोबाइल रजिस्ट्री गर्ने नियम पहिलेदेखि रहेको तर हाल आएर यसलाई कडाइका साथ लागू गर्न खोजिएको हो । अहिले चलिरहेको मोबाइलको सेवा बन्द गर्ने विषयमा ठोस निर्णय नभएको भन्दै अब साउन १ गतेदेखि सञ्चालनमा आउने मोबाइल बिना रजिस्ट्री सञ्चालनमा नआउने छ ।

नेपालमा राजस्व तिरेर खरिद भएका मोबाइलको अभिलेख प्राधिकरणसँंग हुनेहुँदा राजस्व छली भएर भित्रिएका मोबाइलको सेवा सञ्चालन बन्द गर्न यो नियम कडाइका साथ लागू गर्न लागिएको हो । साउन १ पछि गैरकानुनी ढंगबाट भित्रिएका मोबाइललाई प्राधिकरणको वेबसाइडमा गएर रजिस्ट्रार गरीर सञ्चालन गर्न सकिने छ । प्रत्येक मोबाइलमा आई एम इ आई नम्बर हुन्छ त्यो रजिस्ट्रर हुनुपर्छ । त्यसको आधारमा मोबाइलको सबै जानकारी पत्ता लाग्ने हुँदा उक्त रजिस्ट्रार अनिवार्य गरिएको हो ।
साउन १ गतेदेखि मोबाइल खरिद गर्दा खरिद गर्न लागेको मोबाइलको आई एम इ आई नम्बर चेक गर्न सुझाव छ । यसरी आई एम इ आई नम्बर चेक गर्दा रजिस्ट्रर भएको मोबाइल रजिस्ट्ररे देखिने र रजिस्ट्रर नभएको मोबाइल रजिस्ट्रर नभएको देखिने हुन्छ । दूर सञ्चार प्राधिकरण यससम्बन्धी नियमनकारी निकाय हो भने, नियम कार्यान्वयन गर्ने टेलिकम वा नेपाल दूरसञ्चार कम्पनी, एनसेल, स्मार्ट सेलआदि हुन् ।