मूल्यबृद्वी अत्याधिक बूदि हुन थालेको भन्दै शुक्रबार बनेपा बजार अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार नेतृत्वको टोलीले बजार अनुगमन गरिएको हो ।
•संक्रमक रोग ऐन अन्तर्गत कारवाही गर्ने
उनले अत्यावश्यक बाहेक अन्य पसल खोलेर बस्ने ब्यवसायीहरुलाई तत्काल बन्द गर्न र अटेर गरे संक्रमक रोग ऐन अन्र्तगत कारवाही गर्ने चेतावनी दिएको छ । अत्यावश्यक सेवा खोल्ने अवधीमा बनेपामा सबै खालका पसल खोल्दा भिडभाड बढ्न गई संक्रमण फैलन सक्ने भएकाले त्यसको रोकथामका लागि बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले बताए ।
•यस कारणले अनुगमन
अनुगमनका क्रममा बजार मुल्य बृद्धी भएका सम्वन्धमा नागरिकहरुको गुनासोलाई समेत टोलीले अनुगमन गरेको थियो ।
तत्काल मुल्य बृद्धी भएको गेडागुडी, दाल, चामल, तेल, चिनी लगायतका बस्तुहरुमा भएको कृत्रिम मुल्य बृद्धीका सम्वन्धमा अनुगमन टोलीले दर रेट संकलन गरेको छ ।
अनुगमनका क्रममा ब्यवसायीहरुले कसैले मुल्य बृद्धी नभएको, कसैले एक सय रुपैयासम्म बृद्धी भएको र कसैकसैले ५० रुपैयासम्म बढेको बताएका थिए । ढुवानी महङ्गो भएको, उद्योगले पनि मुल्य बृद्धी गरेको, धान तथा अन्य कच्चा पदार्थको मुल्य बृद्धीका कारण समस्या भएको ब्यवसायीहरुले बताएका छन् । मुल्य बृद्धी नरोके संक्रमण रोग ऐन अन्र्तगत कालोबजारी गरेको अभियोगमा कारवाही हुने प्रशासनले चेतावनी दिएको छ ।
• यी टोलीले गरेका थिए बजार अनुगमन
अनुगमन टोलीमा डिएस्पी हरि खतिवडा, शशस्त्र प्रहरी बलको टोली, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख डिएस्पी अरुण कार्की, जिल्ला प्रशासन कार्यालयका अधिकृत रामप्रसाद भट्टराई, ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक राजन कोईराला, बनेपा नगरपालिकाका अधिकृत धु्रर्व नेपाल, काभ्रे उद्योग बाणिज्य संघका महासचिव रविन्द्र बैदार लगायतको सहभागिता रहेको थियो ।